• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोलामा बगेर तीन वर्षीय बालकको मृत्यु




रुकुमपूर्वमा खोलामा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–७ नाथिगाडका तीन वर्षीय अंकित परियारलाई खोलाले बगाउँदा मृत्यु भएको हो ।

आइतबार दिउँसो ११ बजे तिर दाई दिदीहरू सोही वडाको नाथिगाड खोलामा पौडी खेलिरहेको अवस्थामा बालक पनि खोलामा पसेको र खोलाले बगाएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ११ बजे तिर नाथिगाड खोलाले बगाएर करिब पाँच मिटर तल सानीभेरी नदीसँगको दोबानमा बालकको शव दिउँसो २ बजे फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । शवको पोष्टमार्टमको लागि रुकुमपूर्वको जिल्ला अस्पताल रुकुमकोटमा गरिएको छ ।

Facebook Comments