• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामाजिक शिक्षकहरु संगठित, कक्षा ११ मा सामाजिक अनिवार्य भएपछि तयारीमा जुटे शिक्षकहरु




प्रदेश नम्बर १का सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले सामाजिक अध्ययन विषय समाज र विश्वको विभिन्न पक्ष अध्ययन गर्ने महत्पूर्ण शास्त्र भएको बताउनुभएको छ ।
सामाजिक अध्ययन विषय शिक्षक समूह मोरङले भर्चुयल माध्यमबाट आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले यस्तो बताउनुभएको हो ।

उहाँले बालकालिकाहरूलाई सानै उमेरदेखि समाज र विश्वमा भएको सामाजिक, राजनैतिक, आर्थिक साँस्कृतकि, भौगोलिक, ऐतिहासिक, लगायतको गतिविधिहरुको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

आजको कार्यक्रममबाट शिक्षकहरूले सिकेको कुराहरु कक्षामा विद्यार्थीहरूमाझ कार्यान्वयन गराउन राज्यमन्त्री गजमेरले सुझाउनु भयो । विभिन्न विषयमा ज्ञान र जानकारी गराउन सामाजिक अध्ययन विषयको शिक्षा आज आवश्यक रहेको उहाँको भनाई थियो ।

यही वर्षदेखि कक्षा १ मा मेरो सेरोफेरो र ११ मा ‘सामाजिक अध्ययन तथा आगामी बर्षदेखि कक्षा १२ मा जीवन उपयोगी शिक्षा’ विषयको पठनपाठन सुरू हुने भएपछि शिक्षक समूहले भर्चुयल माध्यमबाट अन्तक्र्रिया गरको हो ।

कक्षा ६–८ र कक्षा ९–१० को पाठ्यक्रमको विषयमा समेत छलफल भएको सो कार्यक्रममा १ सय भन्दा बढी सामाजिक अध्ययन विषय शिक्षकहरुको सहभागिता रहेको सामाजिक अध्ययन विषय शिक्षक समूह मोरङका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ विषयमा थप गहन रूपमा छलफल गर्न चाँडै प्रदेश नम्बर १ स्तरीय यस्ता अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने समूहका अध्यक्ष श्रेष्ठको भनाई छ ।

सामाजिक अध्ययन समाज, काठमाडौको सहकार्यमा भएको उक्त कार्यक्रमको सहजिकरण गोविन्द भण्डारी, डिल्ली शर्मा र माधव दाहाल गर्नुभएको थियो ।

Facebook Comments