• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोलामा बगेका युवा पाँच दिनदेखि बेपत्ता, घरमा काजकिरिया




रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकामा एक युवक खोलामा बेपत्ता भएको पाँच दिन सम्म नभेटिएपछि घरपरिवारले आइतबार काजकिरिया गरेका छन् । पुथा वडा नम्बर १ पुषर गाउँका १८ वर्षीय सफल पुन मगर यहि १७ गते खोलामा बगेर बेपत्ता भएपछि चार दिन सम्म खोज्दा नभेटिएपछि आइतबार युवकको परिवारले काजकिरिया गरेका हुन् ।

साथीहरूसँग १७ गते च्याउ खोज्न गएको क्रममा सोही वडाको जाझा खोलाले बगाउदा बेपत्ता भएको युवकको परिवारको भनाइलाई उदृत गर्दै स्थानीय धलबहादुर पुनले जानकारी दिनुभयो । १७ गते जंगलमा च्याउ खोज्न गएको बेलामा युवक खोलामा बगेर बेपत्ता भएका थिए ।

परिवार र गाउँलेले चार दिन सम्म खोज्दा पनि कतै नभेटेपछि आइतबार पाँच दिनमा परिवारले काजकिरिया गरेका छन् । युवक सोही वडामा रहेको पुथा हिमालय माध्यामिक विद्यालय मैकोटमा कक्षा ९ मा अध्ययनरत थिए ।

चार दिन सम्म खोज्दा नभेटिएपछि र युवक बगेको खोला ठूलो र अप्ठ्यारो ठाउँ रहेकोले बेपत्ता भएका युवक भेटिने आश नरहेपछि युवकको खोजी कार्यको लागि प्रहरीलाई भने खबर नगरिएको युवकको परिवारले बताएका छन् ।

Facebook Comments