• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीयसँगको सम्झौता विपरित काम गर्दै सिमेन्ट उद्योग




पछिल्लो समयमा सिमेन्ट उद्योगहरुले मनपरी ढंगले काम गरिरहेका छन । नेपालभरमा रहेका प्राय सिमेन्ट उद्योगहरुले न्यूनतम मापदण्द समेत पुरा नगरी गैरजिम्मेवार ढंगले काम गरिहेको छन । भने कतिपय उद्योगहरुले आम सर्वसाधारण जनाताहरुलाई दुःख दिइरहेका पाइन्छ ।

उद्योगलाई चाहिने कच्चा पदार्थ लिन अर्थात चुनढुङ्गा उत्खनन गर्ने क्रममा उद्योगहरुले कानुनी प्रक्रिया नपुगाउँने र स्थानीयबासीहरु संगको सम्झौता विपरित उत्खनन कार्य अगाडि बढाएको देखिन्छ । यसो हुनमा मुलतः राज्यको नीति नियम फितलो हुनु नै हो । यद्धपि कानुनी दायरामा ल्याउँने राज्य प्रशासन नै उद्योगीहरु संग साटगाठ गरी मुखदर्शक भएर बसेको छ ।
त्रिविणी गाउँपालिका ३ का संघर्ष समिति संयोजक अर्जुक कुमार ओलीले पछिल्लो समयमा रोल्पा सिमेन्ट प्रा.लि.ले आफु खुशी ढंगले काम गरिरहेको बताए । सिमेन्ट प्रा.लि.ले स्थानीयबासीहरु संगको सम्झौतालाई लत्याउँदै मनपरी ढंगले आफ्नो काम अगाडि बढाएको बताए ।

रोल्पाको त्रिवेणी गाउँपालिका ३ कोइलामा वि.सं.२०६६ सालमा सञ्चालनमा आएको रोल्पा सिमेन्ट प्रा.लि.ले विशुद्ध सिमेन्ट उत्पादन गर्ने अठोटका साथ सञ्चालनमा आएको थियो । यद्धपि सिमेन्टले पछिल्लो समयमा स्थानीयहरु संग भएका कागजी सम्झौता वेवास्ता गरेको र त्यसको विरोध गर्दै २०७७ साल असार १५ गते संघर्ष समिति मार्फत सिमेन्ट उद्योग र गाउँपालिकामा ज्ञापन पत्र बुझाए पश्चात साउन १७ गते त्रिवेणी गाउँपालिकाको रोहवरमा संघर्ष समिति र रोल्पा सिमेन्ट प्रा.लि. बीच त्रिपक्षीय बैठक बसी १० बुँढे सहमति भएको उनको भनाई थियो ।

‘उद्योगले स्थानीयहरु संग भएका कगजी सम्झौतालाई कागजमात्र सीमित गर्छ’ उनले भने‘ हामीले धेरै पटक सम्झौता ग¥यौं । तर ती कागजी सम्झौता कहिल्यै कार्यान्वयन भएन ।’ अहिलेसम्म सिमेन्टले वातावरणीय प्रदूषण रोकथाम तथा नियन्त्रणका उपाए नअपनाउँदा अधिकांश सर्वसाधरण नागरिकहरु धुलो, धुवा र ध्वनी प्रदूषणको प्रत्यक्ष मारमा परेका छन ।

उद्योगमा चाहिने चुनढुङ्गा टिप्परले १६ टन भन्दा बढी लोड बोक्न नपाइने प्रावधान रहे पनि टिप्परहरुले जबर्जस्त रुपमा २८ टनसम्मको लोड बोक्नाले सडक अवस्था नाजुक भएकोले स्थानीयहरुलाई आवतजावत गर्न समेत मुस्किल छ । भने सिंगो ३ नं. वडा बासीका बासिन्दाहरुको स्वास्थमा गम्भीर खेलवाड गरेको र यस विषयमा स्थानीय तह बुझेर पनि नबुझे झै गरी बसेको उनले बताए ।
त्यसैगरी त्रिवेणी गाउँपालिका ४ राणा गाउँमा पनि घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगले जनता विरोधलाई नसुने झै गरी नयाँ चुनढुङ्गा उत्खनन शुरु गर्ने तयारीमा रहेको सोही ठाउँका संघर्ष समितिका संयोजक प्रद्धिप राणाले बताए । सिमेन्ट उद्योगले गर्दा ब्याप्त रुपमा दिर्घकालिन समस्या तथा असर प्रत्यक्ष पर्ने भएकाले जनताको जनचाहना विपरित चुनढंङ्गा उत्खनन गर्ने नदिने भनि स्थानीयस्तरमा रहेका सम्बन्धित निकाय गाउँपालिका र प्रशासन कार्यालय समेत संघर्ष समितिको निर्णयहरु बुझाएको बताए ।

त्यसैगरी प्यूठानको नौहिनी गाउँपालिका ८ लुपलुङ्गमा पनि शुभश्री अग्नी सिमेन्ट उद्योग प्रा.लि.ले अवैधानिक रुपमा चुनढुंङ्गा उत्खनन गरिरहेको सोही ठाउँको संघर्ष समितिका अध्यक्ष मदन भण्डारीले बताए । सिमेन्ट उद्योगले राज्यको नियम कानुन नमानी, खानी तथा भुगर्भ विभागको नीति नियम विपरित काम गरेको र स्थानीय बासिन्दाहरुलाई नै दुःख, सास्ती दिदै पूर्ण रुपमा प्रकृति दोहन गरेको समेत बताए ।

जनताका जनगुनासलाई वेवास्ता गर्दाै अनवरत रुपमा एकलौटी एकाधिकार प्रयोग गरी वातावरण सुन्तुलन नै बिग्रने गरी खानी उत्खनन गरेको दावी पनि गरे ।
जहाँ १० देखि १२ टनसम्म धान्ने सडकमा उद्योगले चुनढुंङ्गा उत्खनन गरी टिप्परमा ल्याउँने क्रममा सडक क्षमता भन्दा दोब्बर÷तेब्बर भन्दा बढी टन बोकेर ल्याउँने भएकाले सडकले भार थाम्न नसक्ने तथा जिल्लामा रहेको स्थानीय तह र प्रशासनले ३९÷४० टनसम्म बोक्न अनुमति दिने दिएको उनले बताए । उद्योगको चुनढुंङ्गा उत्खनन गर्ने कार्य प्रक्रियागत नभएको भन्दै धेरै पटक स्थानीय तह तथा सबै सम्बन्धित निकाय समक्ष हामी ध्यानाकर्षण गराउँदा समेत बेखबर भएकोले अब सहज अवस्था भयो भने सर्बाेच्च अदालसम्म यो मुद्धा लिएन जान उनले उनको भनाई थियो ।

सोही ठाउँको सातताले सामुदायिक वनका अध्यक्ष जिवराज भण्डारीले नेपालमा नियम, विधि एकातिर काम अर्काेतिर भईरहेको बताए । सिमेन्ट उद्योगले खानी उत्खनन गर्दा गाउँ नै ध्वस्त हुन लागेको तथा यस विषयमा सम्बन्धित पक्षहरुले जिल्ला नै जर्जर अवस्थामा रहदा पनि गुपचुप रहेको उनले बताए । ‘उद्योगले स्थानीयहरु संग गरेको सम्झौता अहिलेसम्म गरेको छैन’ उनले भने‘ उद्योग स्थानीयहरु संगको सम्झौता अनुसारका काम कार्यान्वय गर्न भने आनाकानी गरिरहेको छ ।’

शुभश्री अग्नी सिमेन्ट उद्योग प्रा.लि.को फिल्ड इञ्चार्ज शिब अर्यालले अहिलेसम्म सम्झौता अनुसार काम गरिएको तथा काम गर्ने क्रममा ५÷१० प्रतिशत सम्झौता तलमाथि हुनेसक्ने बताए । व्यावसायिक उद्योग भएको एक आपसमा परिपूरक भएरै अगाडि बढेको समेत उनले बताए ।

खानी तथा भुगर्भ विभागका प्रवक्ता जयराज घिमिरेले खानी उत्खननमा नियमित अनुसन्धान गरी रोकथाम तथा नियन्त्रण गर्नका लागि मन्त्रालयकै कम्जोर भएको बताए । खासगरी अहिलेसम्म मन्त्रालयमा शुभम सिमेन्ट, सोनापुर सिमेन्टलगाएतको उजुरी आएको र लकडान सहजहुने बित्तिकै सबै सिमेन्ट उद्योगहरुमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाए ।

Facebook Comments