• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य सेवामा पहुँच बढाउँदै नयाँ जिल्ला रुकुमपूर्व




रुकुमपूर्वका तीन स्थानीय तह पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाले आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोडिएको छ । स्थानीय तह नभएको समयमा सामान्य चेकजाँच तथा औषधिको लागि घण्टौँ हिड्नु परेकोमा हाल स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिदिएपछि सामान्य बिरामीको लागि टाढाको स्वास्थ्य संस्था धाउनु पर्ने बाध्यता हटेको हो ।

पुथाले १० वटा, भूमे र सिस्नेले ६÷६ वटा गरी रुकुमपूर्वका तीन स्थानीय तहले आम नागरिकको पायक पर्ने २२ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि दुर्गम बस्तीका दुःखका दिन कम भएका हुन् ।

पुथामा वडा नं. २ पेल्मा, वडा नं. ५ कागरजंङ, वडा नं. ३ रन्मा, वडा नं. ४ अर्जल, वडा नं. ९ खाराबाङ, वडा नं. ७ जाङ, वडा नं. १४ नाखा, यसैगरी वडा नं. १३ पिपलटुङ, वडा नं. ६ मयाङ, वडा नं. ११ धमचन गरी गाउँपालिकाले १० ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी दुर्गमबस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताउनुभयो ।

भूमेमा वडा नं. १ लुकुम, वडा नं. ७ धर्मशाला, वडा नं. ५ सेराबाङ, वडा नं. ३ झुम्लाबाङ, वडा नं. ८ का कोर्जा र कुचिबाङ गरी ६ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापनाबाट आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छ भने यसैगरी सिस्नेमा वडा नं. १ सिस्ने, वडा नं. २ छिपखोला, वडा नं. ८ भुरुङ्गा, वडा नं. ७ नाथिगाड, वडा नं. ६ खोपिचार, वडा नं. ४ अम्लाचौर गरी गाउँपालिकाले ६ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी दुर्गम गाउँमा स्वास्थ्य सेवा पुर्याएको छ ।

गाउँपालिकाले स्थापना गरेका सामुदायिक स्वास्थ्य एकाइमा एक जना अनमी एक जना अहेबले सेवा दिइरहेका छन् । कुनैमा स्वास्थ्यकर्मी अभाव रहेकोले कुनैमा अहेब र कुनैमा अनमीले मात्र सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएका छन् । स्वास्थ्यकर्मी अभाव रहेको स्वास्थ्य एकाइमा छिट्टै नै पदपूर्ति गर्ने बताएका छन् ।

साविको रुकुम जिल्ला हुँदा १५ वटा स्वास्थ्य चौकीबाट मात्र स्वास्थ्य सेवा पाइरहेका थिए । नयाँ जिल्ला र स्थानीय तह स्थापना भए देखि १५ वटा स्वास्थ्य चौकीसँगै एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र २२ वटा सामुदायिक स्वास्थ्य एकाइ गरी ३९ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेका छन् ।

Facebook Comments