• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टर्कीका जनतामाथिको फाँसीवादी दमन बन्द गर्न माग




अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्ति जारी गरी इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

२३८ दिनको भोग हड्तालबाट मृत्यु वरण गर्नु भएकी टर्किस उत्पीडित तथा श्रमजीवी वर्गको मुक्तिका निम्ति आवाज उठाउदै आएकी ४२ वर्षीया कानुन व्यवसायी तथा मानवअधिकार कर्मी इब्रु तिम्तिकप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं , नेपालको तर्फबाट श्रध्दान्जली अर्पण गरिएको छ ।

‘उहाँलाई टर्किस फासीवादी सत्ताले सन सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । न्याय , परिवर्तन र समानताको पक्षमा आवाज उठाउदै आएकी इब्रु तिम्तिकलाई टर्किस फासीवादी सत्ताले प्रतिबन्धित पार्टी रिभ्युल्सनरी पिपुल्स लिब्रेसन फ्रन्टको सदस्य भएको आरोप लगाउदै करार गरेको थियोे’– विज्ञप्तिमा भनिएको छ– ‘टर्किमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोग हड्ताल गर्दै यो वर्ष मात्रै हेलिन बोलेकल लगायत ४ जनाले साहदत सहादत प्राप्त गरिसकेका छन् । ती सहिदहरुप्रति हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।’

साथै केन्द्रले टर्केली जनताको न्याय ,समानता र परिवर्तनका पक्षमा सञ्चालित अभियानको पक्षमा ऐक्यबद्धता जाहेर गरेको छ । ‘टर्केली जनताप्रति लाद्दै आएको फासीवादी दमनचक्रलाई तुरुन्त बन्द गर्न टर्केली फासीवादी सरकारलाई हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं , नेपाल चेतवानी स्वरुप आह्वान गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments