• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोनाका कारण बिदेशमा ज्यान गुमाउने नेपालको संख्या १९५




कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र यूएईमा २ नेपालीको मृत्यु भएको हो।

शनिबार साँझसम्मको तथ्यांकअनुार १६ देशमा गरी कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १९५ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

Facebook Comments