• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे गाउँपालिकामा फापर र तोरीको बीउ निःशुल्क वितरण




फापर र तोरी लगाउने समय भएसँगै रुकुमपूर्व भूमे गाउँपालिकाले कृषकलाई निःशुल्क बीउ वितरण गरिरहेको छ । रैथानी तथा लोपउन्मुख फापर र तोरी बालीको लागि कृषकलाई खेती गराउने प्रोत्साहन स्वरुप गाउँपालिकाले कृषि शाखाबाट उक्त बीउ कृषकलाई निःशुल्क वितरण गरिरहेको हो ।

एक कृषकलाई लगाउने जग्गा भएको आधारमा दुई देखि १० केजी सम्म बीउ गाउँपालिकाको कृषि शाखाबाट बीउ वितरण गरिराखिएको कृषि नाप्रास शिखर बिश्वकर्माले बताउनुभयो । उहाँका अनुसार हाल सम्ममा फापरको बीउ एक क्विन्टल वितरण भइसकेको छ भने एक क्विन्टल फापरको बीउ बाँकी रहेकोमा कृषकलाई वितरण काम पनि भइरहेको बिश्वकर्माले जानकारी दिनुभयो ।

तोरीको बीउ भने हाल सम्ममा कुनै पनि कृषकले लिन नआएको गाउँपालिकाले जनाएको छ । वडागतबाट नै उक्त बीउ गाउँपालिकाबाट निःशुल्क वितरण भइरहेको सूचना गरिएको र यदि सूचना वडाबाट जानकारी नभएमा फापर र तोरीको बीउ गाउँपालिकाबाट निःशुल्क वितरण भइरहेको छ भने पनि कुरा गाउँपालिकाबासीलाई बिश्वकर्माले जानकारी गर्नु भएको छ ।

हाल लोपउन्मुख बालीको लागि गाउँपालिकाले निःशुल्क बीउ उपलब्ध गरिरहेकोमा पछि उत्पादन भएमा गाउँपालिकाले बजारको मूल्य भन्दा कृषकलाई प्रोत्साहन स्वरुप ५० प्रतिशत मूल्य थप गरेर खरिद गरिदिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी गर्नुभयो । त्यसैले अहिले गाउँपालिकाबाट निःशुल्क बीउ वितरण र उत्पादन पछि गाउँपालिकाले बजारको मूल्य भन्दा ५० प्रतिशत मूल्यमा प्रोत्साहन स्वरुप गाउँपालिकाले नै खरिद गरिदिने छ ।

Facebook Comments