• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा भदौ १४ गते रातिदेखि एक हप्ता निषेधाज्ञा




कोरोनाको संक्रमण बढ्दै जाँदा दाङ जिल्ला आईतबार राती १२ बजेदेखि पुर्णरुपमा बन्दहुने भएको छ।

शुक्रबार घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकले भाद्र १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ।

लकडाउनको अवधिमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारबिच समन्वय गरि परिक्षणको दायरा बढाईने प्रजिअ रिजालको भनाई छ।

लकडाउन पछिको अवस्था हेरी निषेधाज्ञा थप १ हप्ता पनि बढाउन सकिने निर्णय गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले बताउनुभयो।

दाङमा अत्यावस्यक वाहेक सबै प्रकारका व्यापारिक प्रतिष्ठानहरु, सार्वजनिक तथा निजी सवारीसाधनहरु संचालन हुने छैनन् भने सरकारी कामकाज गर्न एवं राजश्व संकलन गर्न अनुमति प्राप्त बैङ तथा वित्तीय संस्थाहरु वाहेक सबै बैंक समेत बन्द गरिनेछ।

जिल्लामा ७ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६२ जना सकृय कोरोना संक्रमितहरुको आईसोलेसनमा उपचार भैरहेको छ। आजदेखि छिमेकी जिल्ला प्यूठानमा समेत १ साताका लागि निषेधाज्ञा जारी भएको छ।

Facebook Comments