गंगादेव गाउपालिका रोल्पामा बर्षाकाले अबरुद्ध भएका सडक सुचारु गर्ने कार्य सुरु भएको छ ।
भदौ ३ साझदेखी लगातार ३ दिनपरेको बर्षाले गाउपालिकाका अधिकाङस सडकमा ठूलो क्षेती पुर्याएको थियो । गाउपालिका र वडा जोड्ने मुख्य सडक सुचारु गरिने गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
वडा नम्बर ४ को म्वालेखोला , ५ को लोदचवर भाङगा चवर र २ को सानडाडा सुख्खा ओडार सडकको प्राबिधिक स्टामेट गरि काम सम्पन्न गरेर सडक सुचारु गरिएको छ ।गाउपालिकालाइ दाङसग जोड्ने सुख्खा ओडार , झाकृसल्ला, झ्याम सडक खण्डमा व्यापक क्षेती पुर्याएको छ ।
उक्त सडकको अबलोकन र प्राबिधिक स्टामेटको लागि वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसि ,गाउपालिका प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएतको टोलिलाइ गाउपालिकाले खटाएको छ । वडा नम्बर ७ ,६ र १ नम्बर वडालाइ जोड्ने सडकमा सम्बन्धित वडाका प्राबिधिकलाई स्टामेट गर्न गाउपालिकाले निर्देशन गरेको गंगादेव गाउपालिका रोल्पाका प्रेस संयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।