• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाध्यक्षको कमाण्डमा एक सय बीस जनाको श्रमदान, पाँच दिनपछि विद्युत सुचारु




रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा न ९ मा रहेको चुनखोला पहिलो र चुनखोला दोस्रो लघुजलबिधुत आयोजना आजबाट सुचारु भएको छ ।
भदौ ३ गते राति परेको अविरल वर्षापछि आएको बाढी पहिरोले उक्त आयोजनाको चार सय मिटर पाइप र पच्चीस मिटर नहर बगाएपछि वडामा रहेका चार सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए ।

वडा कार्यालयको पहलमा र वडा अध्यक्ष नवीन ओलीको प्रत्यक्ष कमान्डमा खटेको एक दिनको चालीस जनाका दरले पाँच दिनसम्म गरिएको एक सय बीस दिनको श्रमदान र एक लाख पचास हजारको लगानीमा नहर निर्माण गरिएको हो ।

वडाका दुबै आयोजनाहरु सुचारु भएर वडाका चार सय घरधूरीका दुइ हजार दुइ सय जना मानिस उज्यालोमा बस्न सफल भएका छन ।

पुरिएको स्वास्थ्य चौकी दुई दिनको मेहेनतपछि सेवा प्रवाह गर्न अवस्थामा पुगेको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

Facebook Comments