रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ६ मा अवरुद्ध भएको सडक ४ दिन पछि आज खलेको छ । वर्षाका कारण ४ दिन अघि अवरुद्ध भएको सडक आजबाट सुचारु भएको हो ।
नुवाकोट–खोलागाउँ–चौरजहारी सडक खण्ट अन्तरगत वडा नम्वर ६ मा सडक माथिबाट पहिरो खसेको थियो । नेपाली काँग्रेस वडाका नेता जयप्रकाश बोहोरोको पहलमा बाटो खुलाइएको सन्देश प्रकाश ओलीले जानकारी दिनुभयो । बोहोराले लामो समय सम्म बाटो अवरुद्ध भएको जानकारी दिए पछि ओलीले आफ्नै डोजर लगाएर बाटो मर्मत गर्नु भएको हो ।
बाटो खुलेसंगै झुल्नेटा हुदै खोलागाउँ, चौरजहारी जाने सवारी साधनलाई सहज भएको छ । सडक खुलेसंगै अहिले नगरपालिकाका बिभिन्न वडाबाट चौरजहारी जाने यात्रुलाई सहज भएको ओलीले जानकारी दिनुभयो ।
साथै यो भन्दा केहि दिन अघि बाँफिकोट गाउँपालिकाकामा पनि काङ्ग्रेसका नेता जनककुमार बाँठाले पनि आफ्नै लगानीमा सडक खुलाउनु भएको थियो । छिनखेत–नदुवा–राडि सडक खण्ड अन्तरगत गाउँपालिकाको ४ लोछाबाङमा पहिरो खसे पछि जनकको पहलमा बाटो खुलाइएको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।