• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पञ्चायकालमै जातीय छुवाछुतविरुद्ध धावा बोल्ने एक साहसी ‘हेडमास्टर’को कथा




अम्बिकाप्रसाद डाँगी
समयले निकै कोल्टे फे¥यो । विभिन्न व्यवस्था फेरिए । राणा शासनको कालरात्री हट्यो । पञ्चायती व्यवस्थाको पर्खाल गल्र्यामगुर्लुम्म ढल्यो । मियो गाडेर बसेको राजतन्त्र ढल्यो । गणतन्त्रको पिलर गाडियो । प्रगतिवादी भनाउँदाहरुको चुरिफुरि पनि देखियो । अग्रगामी कहलाउँदाहरुको शासन व्यवस्थाको स्वाद पनि मज्जाले चाखियो । मै हुँभन्नेहरुको शासन व्यवस्थाको करामत पनि देखियो । युद्धको धक्काले छुवाछुत प्रथालाई रफ्फुचक्कर गर्छौ भन्ने ठेकेदारहरुको मनोवृति, जीवनशैली र व्यवहारलाई पनि मज्जाले नियालियो ।

न्यायलयका ढड्डाहरुमा कैयौं मसीहरु खुइलिए । खोलाहरुमा निकै पानी बग्यो । ठूलाठू्रला हावाका तुफानहरु पनि चले । भुकम्पले धरती क्षतविक्षत पा¥यो ।थुप्रै नदीहरुले आफ्ना बहावहरु बदले । झुपडीहरु गगनचुम्बी महलमा परिणत भए । मानिसको दैनिकीमा कायापलट भयो । कुनाकन्दराहरु शहरमा परिणत भए । सञ्चारमाध्यमले विश्व कोठामा सीमित भयो तर मानिसको जातीय मनोविज्ञान बदलिएन । कथित दलितका समस्या ज्युँका त्युँ नै छन् ।

विश्व आज मङ्गल ग्रहमा बस्ती बसाउने होडबाजीमा छ । अर्को नयाँ संसारको खोजीमा तल्लीन छ । दिनहुँ आश्चर्यजनक आविष्कार भइरहेका छन् तर कठै ! हामी नेपाली र हाम्रो मनोविज्ञान । दलितका समस्या समाधानका लागि बारबार प्रयास गरिएझैं पनि नदेखिएको होइन ।

पटकपटकका संविधानका भित्री कापमा छुवाछुत प्रथाको अन्त्यका लागि कानुनी खेस्रा पनि कोरिएकै हुन् । दण्ड सजायका मापदण्डको मञ्चन पनि गरिएकै हो । ठूलाठूला भाषणको वर्षा पनि सुनिएकै हो । बोक्नै नसकिने आश्वासन पनि पाएकै हो । विभिन्न एनजिओ र आइएनजिओको लस्करको रमिता पनि हेरेकै हो । तर के गर्नु खोक्रो आदर्शले मात्र समाजका दुषित तत्वहरु रफ्फुचक्कर हुँदा रहेनछन् । विश्वले कहाँबाट कहाँ अग्रगामी छलाङ्ग मारिसक्यो तर हाय ! हामी यो छुत ऊ अछुत, यो धर्म र त्यो धर्म, यो पार्टी र त्यो पार्टी, यो समूदाय र त्यो समूदाय आदिआदि कुराहरुको भुमरीमै रुमल्लिरहेछौं । यो सतिले सरापेको देश मात्र होइन जातीय विभेदका कारण कथित दलितहरुले सरापेको देश पनि हो । मान्छेले मान्छेलाई अपपहेलना गर्ने जाति, धर्म, वर्ग र समूदायमा रुमल्लिएका हामी के साँच्चै मान्छे नै हौं त ? के मान्छेभित्रको मनुष्यत्व यस्तै हुन्छ त ?

हुन त बेला बेलामा केही परिवर्तनका झिल्काझिल्की पनि नदेखिएका होइनन् । नबदलिने समाजलाई धक्का दिएर बदल्ने प्रयास पनि भएकै हुन् । लामालामा सिद्धान्त, व्यवहार र आदर्शका पाठ पनि पढिएकै हो तर ती सबै प्रयासहरु बालुवामा पानीखन्याएझैं छिद्रहरुमा कता विलाएर गए कता ?

बेला बेलामा हाम्रो समाजमा मानव हुनुका नाताले मानवीय व्यवहार भएका मानिसहरुको जन्म पनि नभएको होइन । त्यस्तै एक अनुकरणीय आदर्श हेडमास्टर हुन् कुम्बीर डाँगी क्षेत्री । हिजोका दिनभन्दा आजका दिनमा कथित दलित समूदायको कालरात्रीमा मिरमिरे उज्यालोको सङ्केत ल्याउन यी र यस्तै व्यक्तिको अहं भूमिका छ । असल सामाजिक योगदानको मुल्यको लेखाजोखा ठूलाबडाको मात्र होइन सानाको पनि गरिनु जरुरी छ । रुकुम चुन्बाङको चोरबाटोमा हर्कबहादुर डाँगीका जेष्ठ पुत्रका रुपमा जन्म पाएका कुम्बीर डाँगीको आँफूलाई चित्त नबुझेको कुरामा सदैव बिद्रोह गर्ने स्वभाव छ ।

२०३३ सालदेखि २०४९ सम्म विभिन्न विद्यालयमा सफल हेडमास्टरको भूमिका निर्वाह गरेका कुम्बीर डाँगीले आफ्नो क्षेत्र र विशेष गरेर विद्यालयहरुमा बुलन्दरुपमा छुवाछुत प्रथाको विरुद्धमा आवाज उठाउने र व्यवहारमा लागू गर्ने कार्य गरेका थिए । उनलाई यस्तो चिन्तनको विकास एक जना पुलिसमा जागिर गर्ने रुकुम चौखाबाङका ‘दमाइ’ बाट भएको थियो । ती पुलिसको नाम थाहा नभए पनि उनको जातथर र पेशाका बारेमा डाँगीलाई मोटामोटी थाहा थियो । रोल्पाको तत्कालीन राङ्कोट गाविसको भालुकोट (२०३३–२०३७) मा प्रअका रुपमा रहँदा बारम्बार लिबाङ गइरहनुपथ्र्यो ।

त्यही सिलसिलामा लिबाङबाट फर्कदैगर्दा जङ्कोटका तत्कालीन जिल्ला सभापति हेमजङको गाउँमा खाने, बस्ने र सुत्ने एक होटेलको चुल्होमा बसेर ती दमाई प्रहरीले मज्जाले आगो तापिरहेका थिए । डाँगीलाई देख्नेवित्तिकै उनी निकै कालो नीलो भए तर कुम्बीर डाँगीले उनका बारेमा केही बताएनन् । उनलाई दमाई हुन् भन्नु जातीय मर्यादा र मानवता मात्र नभएर कानुनी अफ्ठ्यारो पनि थियो । त्यस समयमा कानुन बनिसकेको थियो र यदि कोही कसैले यो दलितहो भन्यो भने त्यसलाई छुवाछुतप्रथाको विरोधी भनेर एकहजारदेखि तीनहजारसम्म जरिवाना लाग्ने गरेको डाँगीले देखे बुझेका थिए । त्यस दिन ती दमाईसँग एउटै कोठामा बस बसेको बेलामा ती पुलिसले डाँगीलाई निकै हार्दिकता व्यक्त गरे ।

मलाई ठूलो सकंटबाट बचाउनुभयो, मैले तपाईंको गुण कहिल्यै विर्सने छैन भनेर निकै गुनगान गरे । त्यहाँ खाएको खानाको पैसा पनि उनैले सबै तिरिदिए । अर्कोदिन धाङ्धुङ्गारसम्म निकै आत्मीय साथीको रुपमा सँगसँगै यात्रा गरे । दमाइ पुसिले बाटोमा भाले काटेर पनि खुवाए । उनीसँग भएको संगतले कुम्बीर डाँगीको मनमा निकै हलचल ल्यायो । उनले बाटोभरि यसै विषयमा खुब गम खाए ।

डाँगीको स्कुलमा छुवाछुतको समस्याले निकै सताएको थियो । त्यस विद्यालयमा थुप्रै दलितका छोराछोरी पढ्न आउँथे । स्कूलमा ल्याएको नास्ता छोइयो भनेर सरहरुसँग खुब गुनासो आउँथ्यो । विद्यार्थीलाई सम्झाइबुझाइ र कार्वाही गर्दागर्दा उनी अवाक भएका थिए ।
दमाइ प्रहरीसँगको आत्मीयताले ल्याएको उत्प्रेरणाले उनले त्यस स्कूलमा छुवाछुतप्रथाको अत्य गर्ने योजना बनाए । सहकर्मी स्टाफ कोरलका मनप्रसाद घर्तीलाई सहमत गराउन सफल भए । तत्पश्चात शुक्रबारको दिनमा सबै विद्यार्थीलाई लाइन लगाएर एक जनाकामी थरको विद्यार्थीलाई पानी ल्याउन लगाए र पहिले दुबै शिक्षकले खाए अनि पालैपालो सबै विद्यार्थीहरुलाई खुवाए । यो घटनाले गाउँ निकै तात्यो । छुत भनिनेका सबै अभिभावक आइतवारका दिन स्कूल घेरा मार्न आए ।

झण्डै हातहालाहालको स्थिति सिर्जना भयो । डाँगीले कडारुपमा प्रतिाद गरे । डाँगीले मुलुकी ऐनमा छुवाछुतबारे भए गरेको कानुनी कुरा पढेर सुनाए तैपनि छुत भनाउँदा अभिभावकहरु मान्न तयार भएनन् । उनीहरुलाई जिल्ला प्रशासन, जिशिका वा अन्य ठाउँमा जहाँजहाँ मेरो नाममा मुद्दा हाल्छौ हाल, मुद्दा तिमीहरुले होइन मैले जित्छु, तिमीहरु उल्टै जेलमा जान्छौ भनेर चुनौति दिए । केही समयपछि तत्कालीन रोल्पाका जिशिअ अम्बिकाप्रसाद रेग्मी विद्यालयमाआए । त्यहीं बेलामा छुत भनाउँदाहरुले समस्या प्रस्तुत गरे । शुरुमा त जिशिअ अम्बिकाप्रसादले कुम्बीर डाँगीको सातो खाएझैं गरे, त्यसपछि डाँगीको मुक्तकण्ठले निकै प्रशंसा गरे ।

उनले कुम्बीर डाँगीले चालेका समाज सुधारका कदमहरु निकै उचित भएको बताउँदै उपस्थित छुत भनाउँदाहरुलाई ‘भालुकोटका बासिन्दाहरु भालुजस्तै दिमागभएका रहेछौ’ भन्दै हकार्नु हकारे अनि कानुनी व्यवस्था र मानवीय कर्तव्यबारे सम्झाउने कार्य गरे साथै निज कुम्बीर डाँगीलाई जिशिकाबाट यथोचित सम्मान र पुरस्कार दिने जानकारी समेत गराए । तत्पचात प्रअ डाँगीले स्कूल हाताभित्र छुवाछुतप्रथा लागू नहुने गरी विभिन्न बुँदाहरु बनाएर तत्कालीन विव्यसको वैठकबाट अनुमोदन समेत गराएफलतः त्यस विद्यालयमाविद्यार्थीका बीचमा छुतको समस्या हराएर गयो ।

कुम्बीर डाँगीले २०३९ देखि २०४९ सम्मअर्को विद्यालयचुन्वाङ्ग गैरिगाउँ, रुकुममाप्रअको रुपमा रहेर कार्यकुशलता प्रस्तुत गरे । त्यस विद्यालयमापनि छुत प्रथाको समस्याउत्तिकै थियो । मैले पनि त्यसै विद्यालयमा गुरु कुम्बीर डाँगीको चेलो भएर पढ्ने अवसर पाएको थिएँ । मैले २०४७ सालमाकक्षा ६ मा पढ्दा करिव करिव ५०्६० जनाविद्यार्थी थियौं । हाम्रो कलासमा एक जना खर्कबहादुर टोमटा पनि सँगै पढ्थे । क्लासमाउनी बस्ने बेन्च अलग्गै थियो ।

कक्षा कोठामा यताउतागर्दा कहिले काहीं अनजानमा खर्कबहादुरले हाम्रो किताब र नास्ता राखिएको झोला छुन पुग्थे । अछुतले छोएको नास्ताखानुहुँदैन भन्ने सामाजिक पाठका कारण भोकै बस्नु पर्दाको पीडाले खर्कबहादुरले बारम्बार पिटाइ खाइरहन्थे ।

एक दिनएकजना साथीको नास्ता राखेको झोला छोइदिएको निहुँमा साथी खर्कबहादुरले निकै कुटाइ खाए । यो कुरा हेडमास्टर कुम्बीर डाँगीले थाहापाए पछि एउटा गतिलो लट्ठीलिएर कोठामा प्रवेश गरे र सबैसँग पालैपालो दलितले छोएको पानी खान्छौ कि खाँदैनौं भनेर सोधे । प्रायःविद्यार्थीहरुबाट नखाने उत्तर आयो । त्यसपछि निज खर्कबहादुर टोमटालाई पानीदिनलगाएर नमान्नेहरुलाई लट्ठीले हिर्काउँदै सबैलाई कथितदलितको हातबाट पानीखुवाए । यस घटनाले पनि समाजमा तरङ्ग नै ल्यायो । अर्को दिनकतिपयकाअभिभावकले गुनासो राखे पनि र केहीअभिभावकभित्रभित्रै रिसले मुर्मुरिए पनित्यति ठुलो समस्या देखानपरेको साथै शिक्षकहरुको बैठकमा सबै शिक्षकहरु सहजै सहमतिमाआएको कुरा हेडमास्टर डाँगीले बताउँछन् ।

परिवर्तन कुराले हुँदैनसव्यवहारमा हुन्छ । नीतिमाहुँदैनसन्यायमा हुन्छ । कानुनले हुँदैनसकार्यान्वयनमा हुन्छ । कठोरतामाहुँदैनसलचकतामा हुन्छ । सिद्धान्तले हुँदैनसशिलन्यासमा हुन्छ । धर्ममाहुँदैनसकर्ममा हुन्छ । जातमाहुँदैनस साथमा हुन्छ । भाषणले हुँदैनस रासन र आसनमा हुन्छ । छुत प्रथाको विरुद्धमा अन्तर्मनबाट एक्लै सतिसालभएर उभिएकाकुम्बीर डाँगीलाई नेपालआमाको सलाम । अछुतको सामाजिक पाठ सिकेका विद्यार्थीलाई क्षणरभरमै सङ्लो पानीमा परिवर्तन गरिदिएकोमा मेरो अन्तरआत्माको सलाम । आवाजहीनको आवाज, निमुखाको आवाज बनेर दलितका समस्या सुल्झाउन गरेको कुम्बीर डाँगीको सत्प्रयासलाई विश्वका समग्र कथितदलित समूदायको तर्फबाट सलाम ।
(उपप्राध्यापक, महेन्द्र बहुमुखीक्याम्पस भरतपुर, दाङ)
[email protected]

Facebook Comments