• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविता– ओ, प्रिय साथी ! ओ प्रिय कमरेड !!




ओ प्रिय साथी

वर्गप्रेमले वर्गसंघर्षमा होमियौं
परिस्थितिको उपज मोर्चा बदल्यौं
जहाँ रहे पनि जुन मोर्चामा भए पनि
देश र जनताका खातिर झण्डा उठायौं
जिते संसार हारे हत्कडी
उन्मुक्तिका गगनभेदी नारा लगायौं ।

ओ प्रिय साथी, ओ प्रिय कमरेड
साथी सम्झन्छौ, गला मिलाइन्छ
रैती सम्झन्छौ, विद्रोह गरिन्छ
व्यक्तिका रुपमा तिम्रो र मेरो
न केही लिनु छ न केही दिनु छ ।

दावानलको बीचबाट बिच्केर आएका हामी
बमगोला र बारुदसँग जिस्केर आएका हामी
कति साथी छुटे समरमा
त्यो प्यारो झण्डा र त्यो प्यारो कसम
पूरा गर्ने संकल्प लिई निस्केर आएका हामी

ओ प्रिय साथी ओ प्रिय कमरेड
तिमी वर्ग सम्झन्छौ, प्रेम गरिन्छ
बैरीसँग नतमतस्क हुन्छौ, घृणा गरिन्छ
जब तिमीसँग सहकार्यका टुसा उम्रन्छन्
मेहनतसाथ गोडमेल गरिन्छ
जब पूर्वाग्रहको ऐंजेरु उम्रन्छ
त्यो कलुषित डाँठ छिमलिन्छ ।

भेरी कर्णालीको अनन्त प्रवाहझैं
लामो छ यात्रा जनसमरको
समरका चुनौतीपूर्ण घुम्तीहरुमा
भेट भयो हामी नयाँ समरयात्रीको
स्वप्नद्रष्टाको सपना साकार पार्न
आरम्भ भएको छ नयाँ समर–यात्राको

ओ प्रिय कमरेड ओ प्रिय साथी
ढालिदेऊ तिम्रो अहंकारको महल
छोडिदेऊ तिम्रा छद्मभेषी चलखेल
दुश्मन चौतर्फी जाल बुनेर बसेको छ
छिचोल्नु छ षड्यन्त्रका सबै जालझेल
तोड्नु छ फेरि अनेकताको जञ्जीर
दियो बाल्नु छ एकताको
प्रज्ज्वलित बनाउँदै आकाश धर्ती सबैतिर ।

रमेश मल्ल
२०७७ भदौ ७, काठमाडौं

Facebook Comments