सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष सुधन रेग्मीले एक विपन्न घरपरिवारलाई नगद सहयोग गर्नु भएको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ काफलबोट स्थित रोका डेराका पदमसिंङ रोकाको परिवारलाई पाँच हजार दुई सय नगद सहयोग गर्नु भएको हो ।
सानीभेरी गाउँपालिकाका–२ का वडाध्यक्ष धरमबहादुर पुन र स्थानीय बुद्धिजीवि भुपालसिंङ ओली मार्फत वडाध्यक्ष रेग्मीले बुधबार स्वच्छिक रूपले पाँच हजार दुई सय नगद सहयोग हस्तान्तरण गर्नु भएको छ । पदमसिंङ रोकाको घर परिवार अति विपन्न र रोकाको श्रीमती मानसिक अपाङ्ग रहेको र साँझ बिहान छाक टार्न मुस्किलको अवस्थामा रहेको भन्ने खबर सुने पछि मन थाम्न नसकि आफूले सकेको सानो सहयोग गरेको वडाध्यक्ष रेग्मीले बताउनुभयो ।
विपन्न रोकाको परिवारमा रोका र मानसिक अपाङ्ग भएकी श्रीमती मात्रको परिवार रहेको बताइएको छ । हाल घर नभएकोले सामान्य छाप्रोमा बसिरहनु भएको छ । सानीभेरी–११ वडा कार्यालय र स्थानीय समाजसेवीको सहयोग अपिलबाट दुई कोठे घर निर्माण भइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।