• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना जोखिमलाई मध्यनजर गर्दै बंगलाचुलीमा तीजको नाचगान गर्न रोक




बंगलाचुली गाउँपालिकाले यस वर्षको हरितालिका तिजको दिन नाचगान ,भिडभाड गर्न रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाको ८ वटै वडाका गाउँवस्तिमा तिज तथा पञ्जमिका दिन हुने भिडभाड तथा नाचगान जस्ता कार्यलाई पुर्ण रुपमा रोक्नका लागि गाउँपालिकले सबै वडाहरुलाई पत्राचार समेत गरि सकेको छ ।

बंगलाचुली गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।

यसैविच बैठकले दाङ जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)ले गरेको निर्णयलाई पनि गाउँपालिकामा लागु गर्ने भएको छ ।सिसिएमसिले भदौ १ गते देखि ८ गते सम्म वेलुका ७ बजे देखि विहान ५ बजे सम्म निषेधआज्ञा जारी गरेको छ ।

यसैविच बंगलाचुली अध्यक्ष भक्त बहादुर वलीले यो वर्षको तिज सबैलाई घरमै वसेर मनाउन,भिडभाड तथा नाचगान जस्ता कार्य नगर्न अपिल समेत गर्नु भएको छ ।अध्यक्ष वलीले कोरोना भाईरसको जोखिम अझै पनि कायमै रहेको हुँदा सबै नागरिकको स्वास्थ्य रक्षाका लगि स्थानिय सरकार सधै गम्भिर रहेको बताउनु भयो ।

अध्यक्ष वलीले भन्नु भयो,”चाड पर्वको समय छ । संगै कोरोनाको जोखिम पनि उत्तिकै छ त्यसैले जनता आफै पनि सजग,सचेत र सुरक्षाका उपायहरु अपनाउन अपरिहार्य छ । स्थानिय सरकार जनताको स्वाथ्य प्रति सधै चिन्तित र गम्भिर भएको छौँ । जताले पनि स्थानिय सरकारलाई साथ दिन आवश्यक छ ।”

अध्यक्ष वलीले महामारीको समयमा परिवारमै वसेर सुरक्षित तवरले चाडपर्वमनाएमा महामारीको जोखिम कम हुने हुँदा सबैलाई सजग हुन आग्रह गर्नु भयो ।

Facebook Comments