• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जोशीले निजी लगानीमा राखे १५० थान सचेतना ब्यानर




दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष, नेपाल फोटोग्राफ महासङ केन्द्रीय उपाध्यक्ष तथा सप्तरङ्गी डिजिटल कलरल्यावका संचालक बसन्त जोशीले बजारका विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् ।

बजारमा भीडभाड बढ्न लागेको र व्यवसायी तथा सेवाग्राहीले सावधानीमा अपनाएर सञ्चालन गर्नु पर्ने साथै ग्राहकलाई सामाजिक दुरी कायम राखी किनमेल गर्न अनुरोध गरिएको सचेतना बोर्ड घोराही बजारमा करिब १५० थान जति राखेका हुन ।

लकडाउन खुकुलो भएको मात्र हो कोरोना सकिएको होईन, त्यसैले भिडभाड नगरौ, भौतिक दुरी कायम गरौ, नगद कारोबार गर्दा संक्रमण सर्ने सम्भावना बढी हुने भएकोले पन्जाको प्रयोग गरौ, सेनिटाईजर प्रयोग गरौ र समय समयमा साबुन पानीले मिचिमिची हात धोऔ, सावधानी अपनाई निश्चित दुरी राखेर व्यापार व्यावसाय संचालन गरौ, कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ संस्थामा तुरुन्त जाँऔ जस्ता लेखिएका सचेतना बोर्ड राखिएको जोशीले जानकारी दिएका छन् ।

जोशि सामाजिक कार्यमा सकृय रहेका छ्न यस अघि नै चैतमा जन्मदिन को अबसर परि करिब २०० थान ब्यानर पनि राखेको थिय |

Facebook Comments