• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषिलाई सम्मानित पेशा बनाउन कृषक नायक/नायिका घोषणा गर्दैछौंः मन्त्री केसी




कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कृषि पेशालाई सम्मानति बनाउन कृषकलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।
सल्यानको खलंगामा आयोजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री केसीले कृषकलाई सम्मान गर्नको लागि प्रदेश सरकारले प्रदेशमा २ जना कृषि नायक÷नायिका घोषणा गरेर सम्मान गर्ने तयारी गरिरहेको बताउनुभयो । ‘तपाईहरु ढुक्कसँग कृषि कर्ममा लाग्नुहोस, कृषिजन्य बस्तुको बजारीकरणको जिम्मेवारी सरकारले लिन्छ’ उहाँले अघिभन्नुभयो ‘कृषिमा पनि थुप्रै बिचौलिया छन्, बिचौलिया अन्त्यको लागी सरकार प्रयत्नशित भएर लागेको छ ।’

कृषिमा क्रान्ति नहुदाँ सम्म आर्थिक क्रान्ति नहुने भन्दै उहाँले यसका लागी प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । ‘मेरो किसान मेरो अन्नदाता कार्यक्रम’, ‘किसान र सरकार हातेमालो कार्यक्रम’, ‘अर्गानिक नमुना कृषि कार्यक्रम’ लगाएतका थुप्रै कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले कृषि क्षेत्रमा कृषकहरुलाई प्रोत्साहन दिनको लागी ब्याज अनुदानको कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, त्रिवेणी गाउपालिका उपाध्यक्ष करुणा खड्का, सुन्तला कृषक लोक बहादुर डाँगी, तरकारी कृषक पुर्णवती बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।
सल्यानमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमबाट ३९ वटा फर्म तथा कृषक सम्मानित भएका छन् । कृषि विकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा जिल्लामा व्यावसायिक रूपमा कृषि गर्दै आएका ३९ वटा फर्म तथा कृषकलाई सम्मान गरिएको हो ।

Facebook Comments