दाङको पहाडी भेग बंगलाचुली गाउ“पालिकामा विग्रेको सडक पुनः निर्माण तथा मर्मत नहुदा स्थानियले १०÷१२ वर्ष देखी सास्ती भोग्नु परेको भन्दै मर्मत गर्नु पर्ने माग राख्दै आन्दोलन गर्ने चेतवानी दिएका छन ।
दाङको पहाडी क्षेत्र घोराही–मुकुट्टी पर्ने सडकमा बर्षायाममा पानी जम्ने, हिलो हुने र हिउ“मा धुलो उड्ने भएको गर्दा हिडडुल गर्न समस्य भएको स्गानीय युवा पुरन सोती मगर बताएका छन ।
उक्त सडकमा घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगका दिनैहु“ करिब ५०० टिपर हरु सडकको क्षमता भन्दा बढी लोड बोकेर गुड्न भएको हुदा सडकको ठाउठाउमा खाल्डा खुल्डी परेको र सडक मर्मत गर्न सिमेन्ट उद्योग संग आग्रह गर्दा समेत बेवास्ता गर्दै दादागिरी देखाउदै ओभरलोड भएका मालबाहक सवारीसाधन चल्ने गरेको स्थानियले बताएका छन ।
स्टार बंगलाचुली युवा क्लवका अध्यक्ष शसिधर परियार (शुसिल)ले जारी गरेको विज्ञप्तिमा १०÷१२ बर्ष देखी बिग्रेको सडक मर्मत नहुदा स्थानीयले सास्तस् भोग्नु परेको हुदा र मर्मतका लागी स्थानिय निकाय देखी जिल्ला प्रशासन कार्यालय, राजनैतिक दल जानकारी गराउदा पनि सम्बन्धित निकायले वेवास्त गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । साथै निकट समयमा नै यो समस्या समाधान नभए, उक्त सडक मर्मत नभएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।