प्रदेश ५ सभामुखका सचिवालयले विज्ञप्ति जारी गरी सभामुख पूर्णबहादुर घर्तीसँग जोडिएका समाचारको खण्डन गरेको छ ।
स्वकीय सचिव ध्रबविक्रम ओलीले विज्ञप्ति जारी गरी खण्डन गर्नुभएको हो ।
प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठः
प्रदेश नं. ५ प्रदेश सभा सचिवालयसम्बन्धी केही दिन यता नकारात्मक समाचारहरु श्रृखलावद्घ ढंगले प्रकाशित भइरहेका छन् । यस विषयमा प्रदेश सभाको सार्वजनिक लेखा समितिको ध्यान आकर्षण भई छानविन प्रकृया शुरु भई सकेको छ । तर समितिमा विचाराधिन विषय लाई नै प्रभावित गर्ने गरी केही पत्रिकामा माननिय सभामुखज्यूले कर्मचारी भेला गरी सूचना दिने कर्मचारीलाई सरुवा गर्न निर्देशन दिएको, अनावश्यक गाडी किनेको र चढेको, सचिवालयमा भएका वेतिथिहरुको संरक्षण गरेको भन्ने आशयको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।
सरकारी अड्डामा हुने गतिविधि सम्बन्धी सूचना लिन चाहने जो कोही व्यक्तिले प्रकृया अनुसार सूचना प्राप्त गर्न सक्ने प्रावधान भएकोले प्रकृया अनुसार सूचना दिने कुनै पनि कर्मचारी दण्डित हुँदैन । मा. सभामुखज्यूको लागि अघिल्लो आ.व. मा गाडी खरिदको लागि टेण्डर भएकोमा स्पेसिफिकेसन नमिलेकोले टेण्डर रद्ध भएको थियो र यस वर्ष प्रकृया अनुसार ’एस कोडा’ कम्पनीको गाडी प्रकृया अनुसार किनिएको हो । सभामुख सँग ३ वटा गाडी भएको र स्ट्रोम गाडी चढेको भन्ने कुरा गलत हो ।
प्रदेश सभा आफैमा कानुन निमार्ण गर्ने थलो हो र विधिको साशन गर्ने अभ्यास आफ्नै संस्थावाट हुनुपर्छ भन्ने मान्यता अनुसार प्रदेशसभा स्थापनाको सुरुवाती देखिनै त्यस्को नेतृत्व गरिरहेको व्यक्तिले कुनै पनि गलत प्रवृतिको संरक्षण गर्ने भन्ने कल्पना पनि गर्न सकिन्न । तर यस विषयमा मा.सभामुखज्यूलाई लक्षित गरेर प्रकाशित समाचारले गलत सन्देश मात्र प्रवाह गरेन, सूचना प्रकाशित गर्ने संस्थाप्रतिको विश्वसनियता पनि गुमेको छ ।
कुनै पनि सूचना सत्य तथ्य मा आधारित हुनुपर्छ । जसका वारेमा सूचना प्रकाशन गर्ने हो सम्वन्धित पक्षलाई सोधेर उसका समेत धारणाहरु प्रकाशित हुनुपर्छ भन्ने आम संचारको नियम हो । तर त्यसो नभएर आफै उजुरी कर्ता, आफै विज्ञ र आफै न्यायधिस वनेर ठोकुवा गर्दै समाचार सम्प्रेषण हुनुले मा.सभामुखज्यूको व्यक्तिगत चरित्र हत्या मात्र गरेन प्रदेश सभा सचिवालय, गणतन्त्र र संघीयता प्रति नै अरुचि भएको हो कि भन्ने आशंका पैदा भएको छ ।
आइन्दा यस प्रकारका तथ्यहिन समाचार सम्प्रेषण नगर्न सम्बन्धित पत्रकार साथीहरुलाई आग्रह गर्दछु । साथै यस्ता भ्रामक समाचारको भ्रममा नपर्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
मिति २०७७/०४/३०
ध्रुवविक्रम ओली
स्वकिय सचिव
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।