• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नागरिकको उपचारको जिम्मा राज्यले लिनुपर्छः महरा




घोराहीको नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ ।

घोराही उप–महानगरपालिका– १४ नयाँ बजार स्थित तीनकाुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो ।

पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको छ । चारवटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ । भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥र्याउँनु पर्ने वताउँनु भयो ।

त्यसका लागि स्थानिय स्तरबवाटै नागरिकले आवाज उठाउँनु पर्ने उल्लेख गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महराले स्थानिय निकाय, सरकारका तर्फबाट भएका कामको संरक्षण र संर्बधन गर्नु पर्ने बताउँनु भयो ।

अधिकासं स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भएपनि त्यसमा आबश्यक पर्ने उपकरण नहुदा स्वास्थ्य सेवामा समस्या देखिएको वताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने वताउँनुभयो ।

त्यस अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पु¥र्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको वताउँनु भयो । त्यसका साथै अहिले घोराही उप–महानरपालिकाले १५ बेडको अस्पताल निर्माणको काम थालनी भैसहेको वताउँनुभयो ।

त्यस अबसरमा जिल्ला समन्वय समिति दाङका उप–प्रमुख श्रीधर पौडेलले नयाँ बजार शहरी स्वास्थ्य केन्द्रलाई आबश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गर्नु भएको थियो ।

Facebook Comments