• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा दुई संक्रमित थपिए, निको हुनेको संख्या २२




रुकुमपूर्वका आज थप दुई जना कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । साउन २५ र २६ गते गरी दुई दिनमा जिल्लाका तीन स्थानीय तहका क्वारेण्टाइनका र अन्य व्यक्तिको स्वाब संकलन गरिएकोमा बुधबार दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कतारबाट आउनु भएका पुथाउत्तरगंगा गाउँपालिका–८ का २९ वर्षीय पुरुष र साउदीबाट आउनुभएका भूमे गाउँपालिका–४ का ३३ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिनुभयो ।

पुथामा १७ जना, भूमेमा ४३ जना र सिस्नेमा २९ जना गरी जम्मा ८९ जनाको स्वाब संकलन गरिएकोमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणबाट दुुईमा कोरोना पोजिटिभ देखिएको र बाँकी ८७ जनाको रिर्पाेट नेगेटिभ आएको शर्माले बताउनुभयो । ८९ जनामध्येका २८ जना क्वारेण्टाइनका र ६१ जना अन्य व्यक्तिको स्वाब संकलन गरिएकोमा रिर्पाेट पोजिटिभ देखिएका दुई जना बाहिरी देशबाट आइ क्वारेण्टाइनका हुन् ।

यस अघि सात जना कोरोना भाइरस संक्रमित भएका सिस्ने–५ स्थित रुक्मिणी मावि आइसोलेसनबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल रुकुमपूर्वका डाक्टर कृष्ण घर्तीले बताउनुभयो । बुधबार सात जना निको भएर घर फर्किसँगै हाल जिल्लामा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या २२ जना पुगेको उहाँले जानकारी दिनुभयो । बुधबार कोरोना पुष्टि भएका दुई जनालाई बिहीबार रुक्मिणी माविको आइसोलेसनमा ल्याउने तयारी भइ रहेको छ ।

Facebook Comments