लक्ष्मीपुर युवा क्लब र नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको को संयुक्त आयोजनामा विश्व युवा दिवसको अवसरमा अन्तर्कृया कार्यक्रम गरिएको छ ।
पंकज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ दाङ्का उपसभापति भरतराज देबकोटाले युवाहरूलाई उत्पादनमुखी हुन आग्रह गर्नुभयो ।
नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा प्रबन्धक वसन्त खनालले सबै क्षेत्रमा युवाहरुको अनिवार्य सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताक्ताहरुले राज्यले हरेक क्षेत्रमा युवाको उपस्थितिलाई सुनिश्चितता प्रदान गर्न सके मात्र युवा दिवस मनाउनुको सार्थकता पूरा हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय युवा एवं क्लबका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
क्लबका सदस्य प्रमोद पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा क्लबका उपाध्यक्ष हिमाल पौडेलले धन्यवाद ज्ञापनगर्नु भएको थियो भने खेमराज भण्डारीले सन्चालन गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
