• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपाल काट्ने व्यवसायीमा कोरोना देखिएपछि मुसीकोट बजार सील




रुकुम पश्चिमको मुसीकोटका विभिन्न ठाउँ भोलीबाट सिल हुने भएका छन् । खलंगा बजारका एक व्यवशायिलाई सोमबार कोरोना भाईरस पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भोली बिहान ४ बजेदेखि भदौ २ गते राति १२ बजेसम्म लागु हुने गरी मुसीकोटका विभिन्न ठाउँलाई चार किल्ला क्षेत्र मानि सिल गर्ने निर्णय गरेको हो ।

कपाल काट्ने ब्यवसायीमाथि कोरोना देखिएपछि उनीबाट धेरैमा सरेको हुनसक्ने आशंकासहित कन्ट्रयाक्ट ट्रेसिङ पनि थालिने भएको छ । कुनै कपाल काट्न आएकै व्यक्तिबाट उनीमाथि सरेको हुनसक्ने र समुदायमा कोरोना रहेको हुनसक्ने अनुमान गरिएको छ ।

मुसीकोट १ मा रहेको स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुँदै सितलपोखरी चोकसम्म र वडा नं. ३ को पिपलनेटा देखि वडा नं. ५ को शेरीगाउँ हुँदै वडा नं. ६ को वडा कार्यालय सम्मको चारकिल्ला क्षेत्र भित्र अतिआवश्यक बाहेक अन्य आवतजावतलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक साताका लागि अत्यावश्यक सेवा र साधनहरु वाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवशाय संचालन र हिडडुलमा समेत पूर्णतया निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा वाधा पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ वमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहोर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न, तरकारी आपुर्ति विपद् सम्वन्धी, मुद्दा सम्बन्धी जस्ता अत्यावश्यक सेवाहरु भने संचालन हुने छन् ।

त्यस्तै एम्वुलेन्स, शववाहन, झण्डावाल सवारी, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु, सवारी अनुमति पास प्राप्त सवारी साधनहरु पनि संचालन हुन पाउँने छन् । आज एक सूचना जारी गरी प्रशासनले यस बारेमा जानकारी गराएको हो ।

ब्यवसायी बन्द गरी सहयोग गर्न उवासंघको आग्रह

यसैविच रुकुम उद्योग वाणिज्यसंघले पनि एक प्रेस विज्ञप्ती निकालेर जिल्ला प्रशासनले तोकेको ४ किल्ला भित्रका सबै व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । संघका जिल्ला अध्यक्ष पलबहादुर खड्काले जारी गरिएको प्रेस विज्ञप्ती सबै किसिमका व्यवसाय बन्द गर्न आग्रह गरिएको हो ।

भोली बिहान ५ वजे देखि लागु हुने गरि जिल्ला प्रशासन कार्यालयले सिल गरेको ४ किल्ला भित्रका सम्पुर्ण उद्योग, होटेल, रेष्टुरेण्ट, थोक तथा फुटेकर बिक्रेता, खाद्यान्न पसल, दुध पसल, तरकारी पसल, फलफल पसल बन्द गर्न आग्रह गरिएको छ ।

Facebook Comments