• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका बोहराको काठमाडौंमा क्रूर हत्या: बिष खुवाएपछि हथौडाले हानेको खुलासा




दाङको घोराही उपमहानगरपालिका ११ का कृष्णबहादुर बोहराको काठमाडौंमा हत्या भएको छ । उनलाई बिष खुवाएर महिलाले हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको छ ।

रोल्पाको रुन्टीगढीबाट दाङ बसाइँसराइँ गरेका बोहरा हाल काठमाडौंमा बस्दै आएका थिए ।
बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर सडकमा फालेको पनि अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले जनाएको छ । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो चितवनको टाडीबाट पक्राउ परेकी थिइन् ।

महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । हत्या गरिएका पुरुष विवाहित भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो ।

टाउको र खुट्टाबिनाको मृत शरीर हुँदा अनुसन्धानमा अलमलिएको प्रहरीले डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ नामको कुकुर पनि झिकाएर अनुसन्धान अघि बढाएको थियो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

सोमबार सार्वजनिक गरिएको हुलियाअनुसार मृतकको उचाइ ५ फिट इन्चदेखि ५ फिट ५ इन्चसम्मको छ । टाउको भेटिएको स्थानबाट कुकुर अघि बढ्दै १ किलोमिटर पर चौबाटो रहेको सिद्धेश्वर मन्दिरसम्म पछ्याएको थियो ।

हत्यामा संलग्नको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा परिसर काठमाडौं, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महाशाखाका ५ वटा टोली परिचालन गरिएको थियो ।

प्रहरी श्रोतका अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको वयान छ। ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ ती महिलालाई उधृत गर्दै अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

Facebook Comments