• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेको काखमा ‘सिस्ने हिमाल पानी उद्योग’




हिमाली जिल्ला रुकुमपूर्वमा मिनरल वाटर शुद्ध पिउने पानीको उद्योग खोलिएको छ । सिस्ने गाउँपालिका–७ चिसापानीमा पानी उद्योग सञ्चालनमा आएको हो ।

हिमाली जिल्ला रुकुमपूर्वमा पहिलो पटक शुद्ध पिउने पानीको उद्योग खुलेको हो । सिस्ने–७ का युवा उद्यमी खिमबहादुर केसीले करिब एक करोड लगानीमा सिस्ने–७ चिसापानीमा मिनरल वाटर शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याउनु भएको हो । ‘सिस्ने हिमाल शुद्ध पिउने पानी कम्पनी’ नामकको शुद्ध पिउने पानीको उद्योग सञ्चालनमा आएको उद्योगका प्रतिनिधि कर्णबहादुर खत्रीले बताउनुभयो । शुद्ध पिउने पानी उद्योग सञ्चालनको लागि दुई वर्ष देखि काममा निरन्तर लागेकोमा साउन महिनामा परीक्षण सफल भएको खत्रीले जानकारी दिनुभयो ।

पानी प्रशोधनको लागि मेसिन ८० लाख र अन्य व्यवस्थापन गरी कुल उद्योग सञ्चालनको लागत करिब एक करोड रुपैयाँको लगानीमा शुद्ध पिउने पानी उद्योग सञ्चालनमा आएको उद्यमी खिमबहादुर केसीले जानकारी दिनुभयो । शुद्ध पानी प्रधोशन गर्ने मेसिनले प्रति घण्टामा दुई हजार लिटर पानी प्रशोधन गर्ने गरेको बताइएको छ ।

रुकुम, पूर्व, पश्चिम, रोल्पा, बाग्लुङ, सल्यान, दाङ, नेपालगञ्ज, लगायतका जिल्लामा शुद्ध पिउने पानीको सहज आपूर्ति हुने भएको छ । हाल पहिलो पटक परीक्षणका रूपमा ५÷६ हजार लिटर पानी बोतलमा प्याकिङ गरी रुकुमकोट, रुकुम पश्चिमको खलंगा, चौरजहारी लगायत स्थानमा पु¥याइएको केसीले जानकारी दिनुभयो ।

केसीले आफ्नै एकल लगानीबाट १२ जनालाई अहिले प्रत्यक्ष रोजगारी दिएर उद्योग सञ्चालनमा ल्याउनु भएको छ । परीक्षण सफल भएकोले आउँदो असोजमा उद्योगको उद्घाटन गर्ने उहाँले बताउनुभयो । मिनरल वाटर शुद्ध पिउने पानी अन्य जिल्लाबाट ल्याइ खरिद गरिरहेको व्यवसायले अब भने जिल्लाकै शुद्ध पिउने पानी बिक्री वितरण गर्ने छन् ।

Facebook Comments