• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नौ किलो एक सय ग्राम अफिम नष्ट




प्रहरीले अफिम सहित तीन जनालाई साउन ९ गते पक्राउ गरेकोमा आइतबार उक्त अफिम ८ किलो ९ सय ९२ ग्राम अफिम जलाएर नष्ट गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ ओख्मा भल्का नयाँ बजार देखि जामाबगर जाने स्थानबाट साउन ९ गते साझँ साढे ५ बजे प्रहरीले ९ किलो एक सय ग्राम अफिम सहित तीन जनालाई प्रक्राउ गरेको थियो ।

९ किलो एक सय ग्राम अफिम बरामद गरिएकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले ८ किलो ९ सय ९२ ग्राम अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । ९ किलो एक सय ग्राम अफिम बरामद गरिएकोमध्ये एक सय ८ ग्राम अनुसन्धान एवं परीक्षण गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज र प्रहरीको रोहबरमा लागुऔषध अफिम नष्ट गरिएको हो ।

साउन ९ गते अफिम सहित पुथा–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँका ३४ वर्षीया प्रतिभा पुन र वडा नम्बर ५ हुकामका ३५ वर्षीया गाइने कामीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई साउन ११ गते लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments