• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आन्दोलनरत आंशिक प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल




आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी टेबल जलाएका छन् ।

दुइवटा टेवल, एउटा कुर्सी, विद्युतीय हाजीर मेशिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् ।

क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिहेका छन् । माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिनुभयो ।

दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् । माग पूरा नभए भोलिदेखि क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघले जनाएको छ ।

Facebook Comments