• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुसुण्डा, कुमाल र बोटे समुदायका लागि राहत




धेरै राम्रो अभियान । सबै पत्रकार जनप्रतिनिधिहरुको ध्नेपाल आदिबासी जनजाती महासंघ दाङको पहलमा जिल्लाका अति बिपन्न परिवारका लागि राहत बितरण गरिएको छ । जिल्लामा रहेका कुसुण्डा, कुमाल र बोटे समुदायका लागि राहत उपलब्ध गराइएको हो ।

नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आर्थिक सहयोगमा नेपाल आदिबासी जनजाती महासंघ संघीय परिषद् काठमाडौँको समन्वयमा २९ परिवारका लागि राहत बितरण गरिएको हो । जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिमा रहेका कुसुण्डा, बोटे र कुमाल समुदायका लागि राहत बितरण गरिएको हो ।

महासंघले प्रति परिवार २४ किलोग्राम चामल, दुई लिटर तेल, दुई किलोग्राम दाल र दुई किलोग्राम नून प्रदान गरिएको महासंघका जिल्ला सचिब लिला चौधरीले जानकारी दिनुभएको छ । लामो समयको बन्दाबन्दीका कारण लोपोन्मुख अबस्थामा पुगेका कुसुण्डा समुदायलाई लक्षित गरी राहत बितरण गरिएको सचिब चौधरीले जानकारी दिनुभएको छ ।

राहत बितरण कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष रामबहादुर कुमाल, उपाध्यक्ष कमला कुसुण्डा, सचिब लिला चौधरी, कुसुण्डा बिकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, आदिबासी जनजाती महासंघका जिल्ला सदस्य लक्षुमण बुढा मगर, फोनिज दाङका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जा मगरको सहभागीता रहेको थियो ।
यान जाओस् ।

Facebook Comments