• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामीले सोचेभन्दा अर्कै ब्यवस्थाको अभ्यास हुँदैछः महरा




आज हामी कृष्णसेन इच्छुकलाई फेरि एकपटक सम्झन गइरहेका छौं । म आफ्नै अनुभूतिबाट शुरु गर्छु । कृष्णसेन इच्छुकसित मेरो बिशिष्ठ सम्बन्ध थियो । मसित उहाँका दुइ सयवटा पत्र थिए तर युद्धकालमा सुरक्षित राख्न सकिएन । त्यो भइदिएको भए ठूलै ग्रन्थ तयार हुन्थ्यो । मेरो वैचारिक रुपान्तरणमा उहाँको ठूलो योगदान छ ।

हामी करीब समकालीनजस्ता थियौं । उहाँ राजनीतिक व्यक्तित्व हो तर त्योभन्दा बढी पत्रकार र साहित्यकार हो । २०४८ सालमा भएको एकता महाधिवेशनमा उहाँ पनि प्रतिनिधि हुनुहुन्थ्यो, त्यसमा पनि म पनि थिए । त्यही महाधिवेशनमा उहाँलाई पार्टीले केन्द्रीय समितिमा प्रस्ताव ग¥यो तर उहाँले मान्नुभएन । म पत्रकारिता र साहित्यको क्षेत्रमा बढी योगदान गर्नुपर्ने भएकाले केन्द्रीय समितिमा बस्दिनँ भनेपछि दाङकै नारायण शर्मा (कमलप्रसाद) केन्द्रीय समितिमा पर्नुभयो तर इच्छुक बस्नुभएन ।

पत्रकारिता र साहित्यको माध्यमबाट समाज रुपान्तरण उहाँको अभिष्ट थियो । अहिले दाङको उहाँसँग जोडिएका केही कुरा उठेका छन्, म यति मात्रै भन्छु– कृष्णसेनको अपमान गर्न पाइदैन । जिल्लासभाको निर्णय कृष्णसेनको अपमान हो, यसो गर्न पाइदैन । यो सबै सहिदको अपमान पनि हो, त्यस्तो गर्न पाइदैन ।

म थोरै राजनीतिक प्रसंग राख्न चाहन्छु । २०६२ देखि ६४ सम्म वार्ताका क्रममा बेला मैले दाङमै भनेको थिएँ– हामी सामन्तवाद र साम्राज्यवादविरुद्ध लड्न शान्ति प्रक्रियामा आएका हौं । हामी यसमा जित्न पनि सक्छौं, हार्न पनि सक्छौं । हामीले भनेजस्तो हुन पनि सक्छ र अरु केही हुन पनि सक्छ तर अहिले हेर्दा हामीले भनेजस्तै सामान्तवादविरुद्ध लडाइँमा राजनीतिक सफलता प्राप्त ग¥यौं र राजतन्त्रको अन्त्य ग¥यौं, त्यसबाहेक यहाँ अरु केही हुँदैछ । अर्थात हामीले भनेजस्तो भइरहेको छैन ।

सामन्तवाद अन्त्य गरेर नयाँ समाज, नयाँ नेपाल निर्माण गर्ने अटोठ गरे पनि अहिले त्यो हुन सकेन । हामीले जनयुद्धकालमा मात्र होइन शान्ति प्रक्रियामा आउँदा पनि आफ्नै संस्कृति, मूल्य मान्यतासहितको नयाँ नेपाल बनाउने भनेका थियौं । तर, हामीले सँगसँगै ‘अर्कै हुने खतरा पनि छ है’ भनेको थियौं, अहिले त्यही हुँदैछ ।

उदार तथा दलाल नोकरशाही पूँजीवाद हावी हुँदैछ, यसले विकृत संस्कृतिको स्थापना गरिरहेको छ । अहिले राजनीतिमा जति पनि विकृति देखिएका छन्, सबै कुराको जड नै यही हो । यो नेपालभित्रको मात्र होइन अन्तर्राष्ट्रिय मिसनसँग पनि जोडिको छ । तर, हाम्रो विगत लामो र गौरवपूर्ण छ । गौरवपूर्ण इतिहासलाई अनुशरण गर्दै जे उद्देश्यका लागि त्याग र बलिदान गरेका थियौं, त्यसमा अघि बढ्नुको विकल्प छैन, हामी सबैले यसैमा प्रण गरौं ।

(नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङको आयोजनामा भएको पुरस्कार वितरण समारोहमा गरेको सम्वोधनको सम्पादित अंश)

Facebook Comments