• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिमको नयाँ गन्तव्यः ठूली दह, ठूलै आकर्षण




रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७, साँखमा रहेको ठूलीदह पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाई बनेको छ । जिल्ला सदरमुकामनजिकै रहेको पर्यटकीय क्षेत्रका रूपमा रहेको ठेलीदहमाआजभोलीआन्तिरक पर्यटकको चहल– पहल बढेको छ ।

मध्यपहाडी लोकमार्गको नजिकै पर्ने जंगल छेउमा रहेको ठूलीदह एकान्तजंगल र डाँडामा रहेकाकारण थपआकर्षक छ । ठूलीदहको वरपर अन्य साना–ठूला दहहरूसमेत रहेको छ ।

वर्षा समयमा ठुलीदहमा पानीजम्माहुने भएकाले पनिअवलोकनको लागित्यहाँजानेको संख्या वर्षा याममा धेरै हुने गर्दछ । साँखमा ठुलीदहसंगै साँखदह, छिप्री दह, स्यानीदह, खारा दह, बैरी दह र रिन दहपनि छन् ।

बिगतकावर्षमाप्रचार–प्रसारको कमिकाकारण ओझेलमा परेको ठुलीदहमा यो वर्ष भने हजारौ आन्तरिक पर्यटकले अवलाकण गरेका छन् । जंगलको बिचमा रहेको ठुलो समथलभागमा रहेको दहनिकै आर्कषक देखिने गर्दछ ।

साथै ठेलीदहबाट फर्किने बाटोमा साँखदहपनि रहेको छ । वडामा रहेकादहहरु पर्यटकीय तथाधार्मिक हिसाबले महत्त्वपूर्ण भएपनि बजेट अभावकाकारण प्रचारप्रसार गर्न भने नसकिएको वडाध्यक्ष हिमबहादुर पाण्डेले बताउनुभयो । ठूली, छिप्री र स्यानीदह एक अर्कासँग जोडिएका छन् । स्यानीदहको छेउ र ठूलीदहमाथिको लेकमा हरेक मंसिरे र फागु पूर्णिमाको दिनपूजाआजा समेत गर्ने गरिएको उहाँको भनाई छ ।

ठुलीदहमा करिव आठ महिनापानीहुने स्थानीयको भनाई छ । साथै उक्त क्षेत्रमा सानीभेरीको पानील्याएर कृतिम जलासयबनाउने र त्यसले तालको बाहै्रमास शोभा बढाउन साथै आसपासमाविद्युत र सिँचाइगर्ने योजना रहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।

साथै मुसिकोट नगरपालिकाले नगरपालिकामा रहेकापर्यटकिय क्षेत्रको प्रबद्र्धन तथाविकासको लागिकामगर्ने बताएको छ । नगरपालिकाले यो आर्थिक वर्षको नतितथाकार्यक्रममा ठुलीदहको प्रबद्र्धन र विकास गर्ने कुरालाई समेटेको छ ।

त्यसकालागि धेरै ठूलो रकमको योजना सर्भे भएको छ । त्यसलाई कार्यन्वयनकालागिपनिपहलभइरहेको उहाँको भनाई छ । ठूली, छिप्री र स्यानीदहमा मध्यपहाडी लोकमार्गबाट एक घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ भने बैरी र रिन दहनजिकै रहेका छन् । त्यस्तै वडा नम्वर ४ मा रहेको मुसिकोट दरबार क्षेत्र पनिआन्तरिक पर्यटकको रोजाईमा परेको छ ।

Facebook Comments