• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा छ पत्रकार सम्मानित




दाङमा आज छ जना पत्रकारलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको चौथो स्मृति दिवसको अवसर पारेर विभिन्न पुरस्कारबाट छ जना पत्रकारलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गत जेठ १३ गते लकडाउनका कारण वितरण गर्न नसकिएको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघले स्थापना गरेको सो पुरस्कारबाट महासंघका पूर्वअध्यक्ष केवी मसाललाई सम्मान गरिएको छ ।

त्यस्तै प्रेस संगठन दाङले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारीलाई सम्मान गरिएको छ । हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुनकुमार रिजाल, अजयदीप शर्मा र राधा रिजालले स्थापना गरेको लोककुमारी रिजालस्मृति पत्रकारिता पुरसकारबाट गणतन्त्र दैनिककका कार्यकारी सम्पादक पाण्डव शर्मालाई सम्मान गरिएको छ ।

त्यस्तै प्रेस संगठन प्रतिभा पुरस्कारबाट रेडियो प्रकृतिका समाचार सम्पादक लक्ष्मण विश्वकर्मा तथा प्रेस संगठन प्रोत्साहन पुरस्कारबाट इन्द्रणी अनलाइनका शान्तकुमार बुढा र गणतन्त्र दैनिककी अमृता भुसाललाई सम्मान गरिएको छ ।

महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता, पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महराले सहिद कृष्णसेन इच्छुकमाथि अपमानपूर्ण ब्यवहार कुनै हालतमा पनि सैह्य नहुने बताउनुभयो ।
हेर्नुहोस् भिडियोः

Facebook Comments