• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटकीय सम्पदामा पूर्वसभामुख महराः ज्यामिरे तालमा डुंगा सरर…(फोटो फिचर)





पूर्वसभामुख कृष्णबहादुर महराले दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे ताल र आपपासका पर्यटकीय पूर्वाधारको निरीक्षण गर्नुभएको छ । बाह्र कुने दहदेखि ज्यामिरे तालसम्म बनेको ट्रेकिङ मार्गमा पैदल हिडेर उहाँले आसपासका संरचनाको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा उहाँले ज्यामिरे तालमा डुंगाबाट जलयात्रा पनि गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाको लगानीमा करीब एक हजार मिटर लम्बाइ र ३५ मिटर गहिरो कृत्रिम जलाशय बनेपछि ज्यामिरे अहिले पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ ।

जिल्लाकै स्थापित बाह्रकुने दहदेखि ज्यामिरेसम्म जोड्ने पैदल मार्ग बनेपछि यसमा अझ आकर्षण बनेको छ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महराले गुरुयोजनाअनुसार यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

सो क्रममा घोराही १३ का अध्यक्ष रविलाल घर्ती र सदस्य केशव गिरी, घोराही १२ का अध्यक्ष राजेन्द्र बुढा, वन समिति अध्यक्ष दयाजी बुढालगायत स्थानीयले यो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सरकारको अझै सहयोग आवश्यक रहेकाले पहल गरिदिन अनुरोध गरेका थिए ।


महराले घोराही १२ र १३ मा बनेका विभिन्न जलाशयको पनि निरीक्षण गर्नुभएको थियो ।

त्यसअघि उहाँले घोराही १७ स्थित निर्माणाधीन सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय भवनको निरीक्षण गर्नुभएको थियो ।

Facebook Comments