• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन बहुप्राबिधिक शिक्षालयमा कार्यक्रम थपिए, सहिदस्मृति र तुलसीपुरमा पनि थप




सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् ।


प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन् ।


यसरी थप गरिएका कार्यक्रममा डिप्लोमा इन ल्याब टेक्नोलोजी, डिप्लोमा इन फिजियोथेरापी र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ रहेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको परिषद् बैठकले सो निर्णय गरेको मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।


यसअघिको परिषद् बैठकले डिप्लोमा इन डाइग्नोस्टिक रेडियोग्राफी कक्षा स्वीकृत गर्दै आवश्यक कारवाही अघि बढाउन परिषद् कार्यालयलाई अख्तियारी प्रदान गरेको थियो ।

अहिले यो शिक्षालयमा फार्मेसी, वन विज्ञान, बाली विज्ञान, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फूड एण्ड डेरी टेक्नोलोजीको पढाइ भइरहेको छ । गत बर्ष स्वीकृति पाएको पशु विज्ञानको पनि यो बर्षदेखि पढाइ शुरु हुने छ । योसँगै यो विद्यालयमा एघारवटा कार्यक्रममा पठनपाठन हुनेछ ।


अहिले घोराही १७ गैरागाउँमा पाँच वटा भवन निर्माण भइरहेका छन् भने नारायणपुरमा पनि कार्यक्रम विस्तार गरेको छ । शिक्षालयको स्थापना २०७५ भदौ २८ गते भएको थियो ।


त्यस्तै सिटिइभिटीको बैठकले सहिदस्मृति आवासीय माध्यामिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग कार्यक्रम थप गरेको छ ।

यो विद्यालयले आर्किटेक्चर इञ्जिनियरिङ गत बर्ष नै स्वीकृत पाइसकेको छ । पश्चिम नेपालका १५ जिल्लाका सहिदका सन्तानहरुले अध्ययन गरिरहेको यो विद्यालयले सहिदका सन्ततिलाई उच्च शिक्षातर्फ जोड्न यसअघि नै कक्षा १२ सम्मको पढाइ शुरु गरिसकेको छ भने अब प्राबिधिक शिक्षा पनि शुरु गर्न थालेको छ ।


त्यस्तै परिषद् बैठकले तुलसीपुर बहुप्राबिधिक शिक्षालयमा बाली बिज्ञान, फूड एण्ड डेरी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ बिषय थप गरिएको सल्लाहकार गौतमले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको यो शिक्षालयमा गत बर्षदेखि वन विज्ञानमा पठनपाठन शुरु भइसकेको छ ।

Facebook Comments