• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा फूट्दैन, रुपान्तरणबाटै एकता हुन्छः शर्मा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनुभएको छ ।


१८ बर्षअघि आजकै दिन २०५९ साउन १६ गते तत्कालीन शाही सेनाद्वारा सामूहिकरुपमा १२ जना दलितहरुको हत्या भएको दिनको सम्झनामा दाङको दंगीशरण वडा नम्बर २ कौवाघारीमा सहिद परिवारले आयोजना गरेको स्मृति सभालाई सम्वोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।


‘पार्टी कुनै पनि हालतमा फूट्दैन तर सघन वैचारिक बहस र निष्कर्षविना पनि मिलिहाल्दैन’– उहाँले भन्नुभयो– ‘आजको बहस पद र शक्तिको होइन, विचार र शैलीको बहस हो, त्यसैले मूल नेतृत्वको रुपान्तरण र समाजवादप्रतिको पुनःप्रतिबद्धता नै एकताको आधार हुने छ ।’


सहिद तथा बेपत्ता परिवारका केही गुनासा र समस्या रहेको स्वीकार गर्दै उहाँले आजको परिवर्तनको पहिलो हकवाला नै सहिद बेपत्ता परिवार र घाइते अपांगहरु भएकाले उनीहरुको ब्यवस्थापन राज्यसत्ताको दायित्व भएको बताउनुभयो ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले सहिदहरु यो परिवर्तनका सम्पत्ति भएकाले सहिद तथा बेपत्ता परिवारकै सुझावअनुसार पार्टी अघि बढ्ने बताउनुभयो । कम्युनिष्ट आन्दोलन र विकास निर्माण, जीविकालगायत हरेक क्षेत्रमा सहिद परिवारलाई समावेश गरेर लगिने पनि उहाँले बताउनुभयो ।


सहिद परिवारका देबहादुर नेपालीको अध्यक्षतमा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, जनसांस्कृतिक महासंघ दाङका संयोजक एवं सहिद परिवार समाज दाङका सचिव टीका बुढा ‘रञ्जित’, भीमबहादुर ओली महेशलगायतले बोल्नुभएको थियो ।


सीता बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन मदन जीएमले गर्नुभएको थियो । गोल्टाकुरी हत्याकाण्ड तथा जनयुद्धको क्रममा यहाँबाट सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा सहिद परिवारको आयोजनामा पहिलोपटक कार्यक्रम गरिएको हो ।

Facebook Comments