• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मापदण्डविपरीत चलेका ३३ क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा रिट




दाङमा प्रक्रिया पुरा नगरी मापदण्ड विपरीत सञ्चालित ३३ वटा क्रसर उद्योगहरु तत्काल वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा निवेदन परेको अदालतले जनाएको छ ।

जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समिति, घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, गढवा गाउपालिकालाई विपक्षी बनाएर मुद्धा दायर गरिएको हो ।

देउखुरिका २४ र घोराही, तुलसीपुर, बबईका ९ गरेर ३३ वटा क्रसर र त्यसका सञ्चालकविरुद्ध मुद्धा परेको उच्च अदालत तुलसीपुरले जनाएको छ ।

घोराही, तुलसीपुर र बबईका गरेर थप ९ क्रसरविरुद्ध मुद्धा दर्ता भएको हो । जिल्ला अनुगमन समितिको सदस्य दाङको जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको मिलेमतो हुँदा अवैध क्रसर मौलाएको भन्दै नदीजन्य उत्खनन्न नरोकिएकाले उनीहरुविरुद्ध पनि मुद्धा परेको हो ।

घोराही उपमहानगरपालिका वडा नं १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड विपरित जिल्लाको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गर्न माग गर्दै यसअघि नै रिट दायर गर्नुभएको हो ।

देउखुरी क्षेत्रमा मात्रै गढवामा १७ र राजपुर गाउँपालिकामा १ गरी १८ वटा तथा लमही नगरपालिकाभित्र ६ समेत गरी २४ वटा क्रसर उद्योग वातावरणीय मापदण्ड विपरित रहेको भन्दै निषेधाज्ञा/परमादेश माग गर्दै निवेदन दिएको अधिवक्ता केशव केसीले जानकारी दिनुभयो ।

क्रसर उद्योग सञ्चालन गर्दा गर्नु पर्ने आवश्यक प्रक्रिया पुरा नगरेका तथा इआइए रिपोर्ट समेतको बेवास्ता गरी सञ्चालित ती क्रसर उद्योगले मानव स्वास्थ्य मात्रै नभई पशु चौपाया र जलचरप्राणीलाई समेत प्रभावित तुल्याएको दाबी निवेदक बुढाको छ ।

सोही आधारमा अदालतले विपक्षीलाई कारणसहित लिखित रुपमा उस्थिति हुन १५ दिने म्याद अदालतले दिएको छ ।

उच्च अदालत तुलसीपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो र आदेश जारी हुनु नपर्ने कुनै आधार कानुन भए सो समेत उल्लेख गरी १५ दिनभित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आदेश गरेको छ ।

अन्तरिम आदेशको सम्वन्धमा साउन २० गते विपक्षी र निवेदक दुवैलाई अदालतले छलफलका लागि बोलाएको छ ।

निवेदक बुढाले प्रक्रिया पुरा नगरी पहुँचका आधारमा सञ्चालित जिल्लाभरका सबै क्रसर उद्योग विरुद्ध अदालत जाने बताएका छन् ।

Facebook Comments