• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवाले बनाए चुनखोलामा काठे पुल




रुकुमपश्चिमको मुसिकोट नगरपालिकाको वडा न ७ झुल्खेतन जिकैबाट सदाबहार बग्ने चुनखोलामा युवाहरुले काठे पुल बनाएका छन् ।


खोलामा पुल नहुँदा बर्षायाममा आवतजावतमा समस्या भएपछि उनीहरुले पुल बनाएका हुन् ।


त्रिबेणी गाउँपालिकाको बादरपानी, बेतखोला, मुसीकोटकै खचिवाङलगायतको भाग र झुल्खेतलाई जोड्ने काठे पुल निर्माण भएपछि मानिसको आवतजावत सहज भएको छ ।


उक्त खोलामा पुल बनाउन वडामा बजेट माग गरे पनि बजेट नपरेपछि स्थानीय युवाहरुले उक्त काठे पुल बनाएका हुन् । कुनै बजेटविना नै युवाले चाहे काम गर्न सक्छन् भन्ने यो उदाहरण हो र झुल्खेतका युवा उदाहरणका पात्र बनेका छन् ।

Facebook Comments