• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गायक थापाको ‘भत्ता पचाउन’ गीत सार्वजनिक (भिडियाे)




लोक दोहोरी गायक गोपाल जंग थापाले भत्ता पचाउन बोलको गित बजारमा ल्याएका छन । चर्चित गायिका तृप्ती खड्का र गायक थापाको स्वरमा रहेको उक्त गितमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालको अभिनय रहेको छ ।

देशमा मौलाइरहेको भ्रष्टाचार, बेतिथि, सिमा सुरक्षा र स्वाभिमानलाई गित मार्फत प्रस्तुत गरिएको गायक थापाले बताए । केहि मिडिया हाउसमा कार्यरत पत्रकारहरुलाई लक डाउनको बहानामा जागिरबाट निकालिएको तथ्यलाई समेत गित मार्फत प्रस्तुत गरिएको सञ्चारकर्मी समेत रहेका गायक थापाको भनाई छ ।

राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको भन्दै संकटको बेला पत्रकार निष्कासित गरिनु दुःखद भएको उनले बताए । थापाले कसै कसैलाई भत्ता पचाउन हतार हुदा गरिबीको पिडामा बाँच्न बाध्य कयौ नेपालीको चुलोमा आगो बल्न धौ धौ भएको तीतो यथार्थतालाई समेत गित मार्फत उजागर गरेका छन ।

उनले यो गित मनोरञ्जनका लागि मात्र नभई जनजागरणका लागि पनि तयार पारेको प्रतिक्रिया दिए । उनले भने यो गितमा हामीले धेरै मेहनेत गरेका छौ, सिंगो देशको पिडा, आम नेपाली जनताको भावना समेट्ने गरी पस्केका छौ । त्यसैले यो गीत दर्शकहरुले मन पराउने र उनीहरुको माया अझै पाउने विश्वास छ ।

भत्ता पचाउन बोलको यस गितलाई चर्चित एरेन्जर केशब बडुले एरेन्ज गरेका हुन । गीतमा शब्द, संगीत र भिडीयो निर्देशन गायक थापा र चित्रकला बुढा थापाको रहेको छ ।

समाज र देशमा घटेका वास्तविक घट्नाहरुलाई समेटेर गीत गाउने थापाले आगामी दिनमा अझै राम्रा सांगितिक कोशेली बजारमा ल्याएर दर्शक स्रोताको मन जित्ने बताए ।

यसअघि गायक थापाले नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

Facebook Comments