सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले महाधिवेशनबाट नेकपालाई नयाँ बनाउनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लबमा उनले भने– अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे ।
उनले भने,‘हाम्रो पार्टी फुटको चरणमा छैन् । तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होईन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित् भएको पनि सुनाए । उनले भने,‘दुइृ अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित् भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गईनँ । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन् ।’
हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याईसकेको पनि उनले जानकारी दिए । उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ ।’
वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित् भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ । उनले भने,‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो । तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समिकरणमा थोरै चेन्ज ल्याएको छ । सचिवालयको समिकरणमा पनि चेन्ज आएको छ ।’

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
