• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही प्रहरीको अर्को नयाँ अभियानः ‘तपाइँको मास्क खोइ ?’





पैदल र सवारीसाधनका यात्रुको मास्क लगाउने बानीको विकास गर्न वडा प्रहरी कार्यालय घोराहीले ‘तपाइँको मास्क खोइ’ अभियान शुरु गर्दैछ ।


सडकमा खटिने प्रहरीलाई ‘तपाइँको मास्क खोइ’ लेखेको प्लेकार्ड दिने र त्यसबाटै यात्रुहरुलाई सचेत गराउने अभियान शुरु गर्न थालिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिनुभयो ।

लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणको जोखिम बढे पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन कम गरेको भन्दै उहाँले मास्क अनिवार्य लगाउनुपर्छ भन्ने सन्देश जागृत गर्न यस्तो अभियान शुरु गर्न थालिएको प्रहरी निरीक्षक रिमालले जानकारी दिनुभयो ।


‘पटपटक पटक सिठ्ठी फुकिरहनुपर्ने र निरन्तर बोलिरनुपर्दा आफ्नो मास्क खोलिरहनुपर्छ, त्यसो गर्दा नाक मुखजस्तो संवेदशीन अंग छोइरहनुपरेकोले सुरक्षाकर्मीकै सुरक्षाको लागि पनि यो सहयोग हुने लागेर प्लेकार्डमार्फत सचेत बनाउने अभियानको सोंच आएको हो’– उहाँले भन्नुभयो । रिमालले आफ्नै सोंचबाट यो अभियानको शुरुवात गर्न थाल्नुभएको हो ।

यसअघि घोराहीमै चलेको थियो– ‘स्टिकी क्याच’अभियान
यसअघि लकडाउन प्रभावकारी बनाउने समयमा उहाँले आफ्नै अवधारणामा घोराहीमा ‘स्टिकी क्याच’ अभियान थाल्नुभएको थियो । विभिन्न बहानामा लकडाउन उल्लंघन हुन थालेपछि अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई ‘स्टिकी क्याच’बाट पक्राउ गर्ने गरिएको थियो ।

वडा प्रहरी प्रमुख रिमालले सडकमा भेटिएका व्यक्तिलाई सोझै समात्नु जोखिमपूर्ण हुने भएकाले ग्रील उद्योगमा बनाउन दिएर ‘स्टिकी क्याच’तयार पार्नुभएको थियो ।


‘त्यतिबेला त्यो अभियान राम्रै भएको थियो, अहिले पनि सुरक्षाकर्मी र यात्रु दुबैको सुरक्षालाई ध्यान दिएर यो अभियान चलाउन थालिएको छ’– उहाँले भन्नुभयो– ‘सबै कुरा बोलेर मात्रै भन्नुपर्छ भन्ने छैन, सभ्य सभाजमा संकेतबाट पनि धेरै कुरा सिकाउन सकिन्छ, यो त्यही अभ्यास हो ।’

Facebook Comments