• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा ९ किलो एक सय ग्राम अफिमसहित तीन पक्राउ




प्रहरीले अफिम सहित तीन जनालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ ओख्मा भल्का नयाँ बजार देखि जामाबगर जाने स्थानबाट शुक्रबार साझँ साढे ५ बजे प्रहरीले प्रक्राउ गरेको हो ।

उक्त स्थानबाट लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरीले ९ किलो एक सय ग्राम अफिम सहित पुथाउत्तरगंगा गाउँपालिका दुई महिला र एक पुरुष गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुथा–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँका ३४ वर्षीया प्रतिभा पुन र वडा नम्बर ५ हुकामका ३५ वर्षीया गाइने कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ ।शुक्रबार पक्राउ परेका तीन जनाविरुद्ध आइतबार लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको डीएसपी बज्राचार्यले बताउनुभयो ।

Facebook Comments