• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बङ्गलाचुलीबासीले कहिलेसम्म सास्ती भोग्ने ?




दाङ जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका हो । जहाको जीवन शैली जिल्लाका अन्य पालिकाको तुलनामा कस्टपुर्ण रहेको छ ।

पालिका प्राकृतिक हिसाबले धेरै सम्पन्न छ तर जनताको जीवन शैली धेरै कमजोर छ । त्यहाको चुन ढुङ्गा बाट धेरै पुजिपतिहरु सम्पती आर्जन गरेकाछ्न । त्यहाको श्रोत बाट आएको आम्दानी बाट भारतको दिल्ली र बम्बैमा ठुला ठुला महल बनेकाछ्न ।

तर आफ्नै आगनको श्रोत प्रयोग गर्नु त कता हो कता उल्टै गाउ र गाउका बाटोमा धुलो र हिलोले जनजिबनलाई झनै कस्टपुर्ण बनाएको छ । पानी नपर्दा बाटोमा यात्रा गर्ने मोटरसाइकल यात्री वा पैदल यात्रीहरु धुलोले गर्दा सहज यात्रा गर्न सक्दैनन भने पानी पर्दा हिलोका कारण त्यहि अबस्था छ ।

सिमेन्ट उधोक का ठुला ठुला टिप्पर हरुको कारण बाटो अस्तब्यस्त भएको छ । यात्रीहरु सहज रुपमा गन्तब्यमा पुग्न सक्दैनन । सिमेन्ट उधोगले अनुमती लिदा गरेका सम्झौताहरु कार्यान्वयन गरेको छ्न ।

त्यहा चल्ने टिप्परले उडाउने धुलोका कारण त्यहाका नागरिक रोगी बनेका छ्न । पानीका मुहान सुक्दै गएका छ्न । त्यहा काम गर्ने स्थानीय मजदुरहरुलाइ सस्तो दरमा काममा लगाउने गरिएको छ । अहिले पनि निरन्तर नया कम्पनीहरुलाइ चुनढुङ्गा उत्खनन गर्ने अनुमति दिइएको छ ।

तर, पहिलेका सम्झौता कार्यान्वयन गराउने कुरामा स्थानीय सरकारको खास भुमिका देखिदैन । स्थानीय जनताको समस्यामा सरकारमा बस्ने र जनप्रतिनिधिहरुको ध्यान जान जरुरी छ ।

यसैबीच राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नु भएको छ ।

भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै अध्यक्ष आचार्यले गरेको सहयोग पर्ती आभारी रहेको कुरा गर्दै धन्यवाद समेत दिएका थिए ।

भेटघाट तथा छलफलको क्रममा धेरै स्थानीय युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएको थियोे । उहाहरुले आफ्नो गाउपालिकाको समग्र बिकास र अनिमिततका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ । छिट्टै बङगलाचुली गाउपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गर्ने योजना समेत बनेको छ ।

Facebook Comments