• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाललाई कसरी बुझ्ने ?




क पुष्पलाल, ने क पा का संस्थापक महासचिव, जसले पहिलो सम्मेलनदेखि नै पजनी ब्यहोरेर पनि ने क पा र कम्युनिष्ट आन्दोलनमा पूर्ण समर्पण तथा इमानदार जीवन सकृयतापूर्वक समर्पित गरे , लेनिन दिवसमा स्थापित पार्टीलाई ख्रुश्चोभ पन्थमा पतनबाट जोगाउन संघर्ष गरे र महाबिबादमा माओसंगै उभिए । यसबाफत कद घटाउन गरिएका सबै अपमानलाई पचाए ।

सत्रसालको काण्डमा तात्कालिन महासचिव को गैरराजनैतिक आत्मसमर्पण बिरुद्ध बिघटित संसदको पुनर्स्थापनाको पक्षमा उभिए ।तेश्रो महाधिवेशन पछिको अकर्मण्यता, बिघटन र पलायनको कालरात्रीबाट निकासकोलागि अन्तिमसम्म अविचल संघर्ष गरे ।

समसामयिक लेख रचना दस्तावेजका आधारमा भन्न सकिन्छ उनी नै कम्युनिष्ट आन्दोलनका समबयस्कहरुमा प्रष्ट प्रखर र निर्विकल्प कम्युनिष्ट नेता थिए ।सत्रसाल अघि र पछि पनि बर्गचरित्रका आधारमा ने का र राजाबारे उनको दृष्टिकोणमा समानता पाइन्छ। तर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभाव स्वरुप नेपालमा राष्ट्रिय पूजिपती वर्गको साथ र सहकार्यको लागि नयाजनवादी संयुक्त मोर्चा निर्माणको लागि ने कासंग सहकार्यको पक्षपोषण चाही गलत सावित भयो ।


युवा क्रान्तिकारीहरुले मैत्रिपूर्ण आलोचना र सहकार्यको पद्धतिको ठाउँमा संबन्धबिच्छेदको बाटो समाउदा कम्युनिष्ट आन्दोलनले धेरै क्षति ब्यहोरेको छ । दरभङ्गा प्लेनमसम्म पुग्दा नेकाको स्थिति स्पष्ट भैसकेको थियो, आन्दोलनका संभावना न्यून भैसकेको थियो र यो तात्कालिक बिषय रहेको थिएन ।

त्यसैले बिघटित संसदको पुनर्स्थापनाको नाराको ठाउँमा पुरानै संविधानसभाको कार्यनैतिक नारामा वापसी नै ठिक थियो र प्लेनमले यसैलाई पारित गरेको थियो । युवा क्रान्तिकारीहरुसंग पुष्पलालको सहकार्य आवश्यक थियो, यो किन संभव भएन यसको खोजी हुन आवश्यक छ ।

यहीनेर यौटा तथ्य जोड्न आवश्यक छ, छयालिसको आन्दोलनमा नेकाले बिघटित संसदको नारा छोडेको र कम्युनिष्टसंग मिलेर आन्दोलन गर्न सहमत हुनु र आन्दोलनको नेतृत्वमा कोइराला परिवार नभै गणेशमान सिंह आउनु सहकार्यको मुख्य कारण थियो ।


नेकामा रहेको उग्र कम्युनिष्ट बिरोधि भावनाका कारण सत्रसाल काण्ड बिरुद्ध सशक्त आन्दोलन उठ्न सकेन । यसको लागी रायमाझी लाइन पनि एकहदसम्म जिम्मेवार छ । केही बुझाई र केही परिस्थितिजन्य कारणले तात्कालिक ठोस कार्यनीति चयनमा देखिएको कमजोरीको कारणले मात्र पुष्पलाललाई गद्दारसम्मको आरोप लगाउदै जुन प्रकारको अपमान गरियो ज्यादती नै थियो । यसैकारण नेपाली कम्युनिष्ट आन्दोलनले धेरै गुमाएको छ ।

आज फरक परिप्रेक्ष्यमा भएका काङ्ग्रेस कम्युनिष्ट सहकार्यलाई पुष्पलालको दिशा बताउनु स्वयं पुष्पलालको अबमुल्यन हुने कुरा लागिरहेको छ । त्यस्तै इतिहासलाई प्रभावित गर्ने घटना चौथो महाधिवेशनको तयारीसंग जोडिएर आउछ । चौथो महाधिवेशनको बिरोध जेजसरी वा जुनसुकै कोणबाट गरिए पनि यसले तेश्रो महाधिवेशनको गल्ती सच्याउने काम गर्नुका साथै राजनैतिक आन्दोलन र बहसलाई नया उचाई प्रदान गरेर माइलस्टोन थप्ने ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।

यस्तै ऐतिहासिक प्रयत्न स्वरुप पुष्पलालले राष्ट्रिय सम्मेलन गरेको तथ्यलाई बिर्सिन मिल्दैन । थोरै पुष्पलालमा देखापरेको हठधर्मिता संगै चौथो महाधिवेशन आयोजकहरु पनि चुकेको महसुस भइरहेको छ । मनमोहन, संभुराम लगायतको बैधानिकताको बैसाखी टेकेर न्युक्लियस गठन गर्नुभन्दा, आखिर वहाहरु महाधिवेशनसम्म जान सक्नुभएन पनि, पुष्पलालको सम्मेलनको बैधता स्विकार गर्दै उनैलाई महाधिवेशनसम्म पुर्याउदा नेपाली कम्युनिष्ट आन्दोलनको कोर्स फरक ढंगले अघि बढ्ने अनुमान गर्न सकिन्छ ।

आखिर चालिसको चौमको फुटको स्थिति यति नाजुक रह्यो कि बहुमत भन्नेहरुसंग नै महाधिवेशनको बैधानिकता बाँकी रहेन । त्यसैले तमाम कमजोरीका बाबजुद सम्मेलनको बैधतामा प्रश्न उठाउनुको खासै औचित्य देखिँदैन र इतिहासमा यसको राजनैतिक महत्वलाई कम गर्दैन । रोहित, रुपलाल मुक्तिमोर्चाहरुले पुष्पलालका आधारभूत राजनैतिक कार्यलाई कण्डेम गरिसकेपछि मृत्युपश्चात गरिएको पुनर्स्थापनाले अन्तरबस्तु छोडेर खोक्रो पुष्पलाललाई देवत्वकरण गरेको महसुस भैरहेको छ। सवल पक्षहरूलाई ओझेल पार्दै कम महत्वको कमजोरीलाई उछालेर कहिले मानमर्दन त कहिले बढाइचढाइ गर्नुले महत्ता र ऐतिहासिक मूल्य कायम गर्न सकेको महसुस भैरहेको छैन ।सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।

Facebook Comments