• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
के हो तत्कालीन नेकपा माओवादीको ‘एक्काइसौं शताब्दीको जनवाद’ ?




इतिहासका अनुभव र २१औँ शताब्दिमा जनवादको विकासबारे

“Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action” -Lenin

क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्धारा सम्वृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संस्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसुत्रका रुपमा होइन ‘कामको सजीव मार्ग दर्शक’ कारुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ ।

नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मा‍.ले.मा का शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान प्रक्रियामा हामीले दक्षिणपन्थी संसोधनवादका साथै जडसुत्रीय संसोधनवादका विरुद्ध समेत निरन्तर संघर्ष गर्दै आएका छौँ । वर्ग संघर्षको आवश्यकतासँग अभिन्नरुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छाल हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पुर्याएको छ । वर्ग संघर्ष र विचारधारात्मक संघर्षको यहि विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंङखलाकारुपमा ‘प्रचण्ड–पथ’को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।

यहाँ कुन कुरा विशेषरुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान बिन्दु, सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणकारुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउंदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारकारुपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मूलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर, यसको अर्थ २१औं शताब्दिको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ ।

महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर, क. माओको मृत्यु पछि चीनमा पूँजीवादको पूनस्थापना भयो र दुनियामा एउटा पनि समाजवादी सत्ता बांकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले व्योहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ ।

वस्तुगतरुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्तिनै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नकारुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।

त्यसै गरि २१औँ शताब्दिमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताकासाथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मांग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापिरुपमा हुने आजको जस्तो तिव्र, घनिभूत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन ।

यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजको युगिन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तूगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थिति भएको छ ।

१. पार्टी
२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।

२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।

अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरि सके पछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्तासंचालनमा मात्र सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तिव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । यो प्रक्रिया आफ्नो विकाशको एउटा निश्चित बिन्दुमा पुगि सकेपछि त्यो अनिवार्यरुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नकालागि दूई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ ।

यसका लागि पार्टी भित्र चल्ने दुई लाईन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरि सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भ देखिनै पार्टीले र उसको नेतृत्व अन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुखकष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्धेश्यका निमित्त सम्पूर्णरुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शकारुपमा प्रस्तूत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगि एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा न¨याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्दर्भमा पार्टी भित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग गर्ने प्रवुत्तिलाई निरुत्साहित गर्ने तथा सहि र गलतको फैशला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टी भित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।

२‍. सेना

२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गिय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब सु्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशालि सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पूर्वको कमजोर र कठिन घडिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्था अन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारा वर्गिय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झांगिदै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ ।

उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखिनै जनसेनामा वैचारिक र राजनैतिककामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औँ शताब्दिको जनसेना भनेको राज्यसत्ता कब्जा गरि सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाईनै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवागर्ने क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१औँ शताब्दिको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ ।

३‍. राज्यसत्ताबारे

सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिंजो र आज पनि महान र कष्टसाथ प्रश्न अवश्य रहेको छ । तर, २० औँ शताब्दिका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डोर्याउने प्रश्न अझ हजारौं गुना कठिन र जटील हुने गर्दछ । एकै शताब्दिमा विश्व थर्काउदैं रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशालि विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यर्थाथले विषयको महत्व र गम्भीरतालाई दर्शाउछन् ।

आखिर पूंजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजूद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजूद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तूलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन् रु जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तूतः औपचारिक, यान्त्रिक र संकीर्ण किन हुन पुग्यो रु यहां हाम्रो प्रश्न विश्वका तमामरुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिज्नायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फंस्ने गद्धारीसंग कुनै सम्बन्ध छैन ।

हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रीत छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुनै सक्तैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे रु पार्टी भित्र संशोधनवाद हावी भएकोले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिंदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन् ।

एउटा नस्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नु पर्दछ भने महान सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठांउमा पुरै सहि रहेको कुरा स्पष्ट नै छ । तर, एक पटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै सर्वहारावादी भइराख्छ भने झै त्यसका विरुद्ध राजनैतिकरुपले जनसमुदायद्धारा स्वतन्त्ररुपमा जनवादी वा समाजवादी प्रतिश्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्ताशिन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनैतिक प्रतिश्पर्धा गर्नु नपर्ने हुँदा त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशिलता र गतिशिलताको उर्जा कुण्ठीत हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनु पर्दछ । यहाँ फेरी पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारीता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्धन्दात्मक ढंगले संगठित गर्र्ने प्रश्न नै हो ।

यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको सवैधानिक सिमा भित्र राजैतिक प्रतिश्पर्धा सगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिने छ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनिहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोगमात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्धन्दात्मक सम्बन्धमा जोड दिइनु पर्दछ । स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिकरुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ ।

एक पटक राज्यसत्ता कब्जा गरि सकेपछि पार्टीले नेतृत्वको हैशियत साबित गर्न आफ्नो विचारको सहि पना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनता प्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखिनै अन्त गर्न जोड दिइनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व—निर्णयको अधिकार कटौती गर्नेस्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनु पर्दछ ।

नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लि‌गिय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरि रहेका छौँ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवरुपले संगठीत गर्ने कुरामा जोड दिनु पर्दछ । यसरि पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समूचित विकासमा नै २१औँ शताब्दिको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ ।

तत्कालिन नेकपा (माओवादी) को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको वैठकमा पारित प्रस्ताव

Facebook Comments