प्रदेशमा कोरोना संक्रमण नियन्त्रणउन्मुख भएको देखिएको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत यस्तो जानकारी दिनुभएको हो ।
कूल चार हजार ९९ संक्रमितमध्ये तीन हजार सात सय ७१ जना निको भएर घर फर्केको र तीन सय १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै प्रदेश ५ सरकारले कोरोना समुदायस्तरमा भए नभएका जाँच्न विभिन्न जिल्लाका एक हजार दुइ सय जनाको ¥याण्डम जाँच गर्ने भएको छ ।
अर्घाखाँची, नवलपपरासी पश्चिम, रुपन्देही, बर्दिया, कपिलवस्तु र दाङबाट त्यति संख्यामा नमूना संकलन गरी जाँच गरिने सामाजिक विकासमन्त्री बरालले जानकारी दिनुभयो ।
बैंक तथा वित्तिय संस्था, अत्यावश्यकीय सामग्री विक्री गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतबाट यस्तो जाँच गरिने भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।