• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किसान सहिद गुम्रा थारुको सम्झनाः ‘किसान आन्दोलनकै जगमा आजको क्रान्ति संभव’





२०१७ सालमा खेतमै हत्या गरिएका किसान सहिद गुम्रा थारुको स्मृतिमा आज अन्तक्र्रिया गरिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनमा कार्यक्रममा गरिएको हो । गुम्रा थारुको हत्या २०१७ साउन ६ गते भएको थियो । स्मृति दिवसका अवसरमा कार्यक्रम गरिएको हो ।


कार्यक्रममा बरिष्ठ पत्रकार एवं नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले २००७ सालदेखि शुरु भएको किसान आन्दोलनकै जगमा आजको राजनीतिक परिवर्तन संभव भएको बताउनुभएको छ ।


किसान आन्दोलनकै उत्कर्षको रुपमा २०१७ साउन ६ गते बेलुवा बञ्जाडीमा गुम्रा थारुको हत्या भएको पनि उहाँले बताउनुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका सचिव रहनुभएका शर्माले कम्युनिष्ट पार्टी र किसान संघको अगुवाइमा झण्डै १० बर्षसम्म दाङमा ठूलाठूलो किसान संघर्ष भएको जानकारी पनि दिनुभयो ।


त्यतिबेलाका जमिन्दारहरु अत्यन्तै क्रूर भएको उल्लेख गर्दै उहाँले बर्षातमा खेत जोत्न नदिएर किसानलाई भोकै मार्ने स्थिति आएपछि २०१७ सालको साउनमा किसानहरु जबरजस्ती खेतमा पस्दा गुम्रा सहिद हुनुपरेको बताउनुभयो ।

जमिन्दार र प्रहरीले रोक्न खोज्दखोज्दै पनि खेतमा हलो जोतिरहेपछि गुम्रामाथि गोली चलाएर हत्या गरिएको भन्दै उहाँले तिनै सहिदहरुको रगतको जगमा आज मुलुकमा गणतन्त्र स्थापनाभएको धारणा राख्नुभयो ।


२००७ सालमा जसको जोत उसको पोतको नारासहित किसान आन्दोलन थालेको कांग्रेसले केही बर्षमै एजेण्डा बिर्सेजस्तै अहिले नेपालका कम्युनिष्ट पार्टीहरुले पनि आफूलाई समाजवादी दलको रुपमा स्थापित गर्न नसकेको गुनासो उहाँले बताउनुभयो । गरीब किसानकै संघर्षको बलमा लोकतान्त्रिक गणतन्त्र आए पनि किसान मजदूरको घरघरमा लोकतन्त्रको घाम अझै पुगेको उहाँले बताउनुभयो ।


रुसमा ७५ बर्षको कम्युनिष्ट ब्यवस्थामा जमिन्दार र पूँजीपति नभएको तर पछिल्लो समयमा पुराना त्यागी नेता कार्यकर्ता र सहिदहरुलाई बिर्सदा कम्युनिष्ट ब्यवस्था ढलेको स्मरण गर्दै उहाँले नेपालमा पनि मुखले कम्युनिष्ट हौं भन्ने तर ब्यवहारमा सामान्ती सोंच र पूँजीवादी चिन्तन कायम राख्ने हो भने समाजवाद संभव नभएको बताउनुभयो ।


कार्यक्रमको अध्यक्षता थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले गर्नुभएको थियो ।

Facebook Comments