• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेव २ मा २९९ घरधुरीलाई सोलार बितरण




गंगादेव गाउपालिका वडा नम्बर २ रोल्पामा २९९ घरधुरीलाई सोलार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइको समन्वयमा गाउपालिकाका अध्यक्ष वीर बहादुर खत्रीबाट बितरण गरिएको हो ।अध्यक्ष खत्रीले सोलार बितरण कार्यक्रममा आर्थिक सहयोग गर्ने आसा प्रोजेक्टलाई धन्यवाद दिनु भएको छ ।

उहाले गाउपालिकाले सबै वडालाई आवश्यकता आधारमा प्राथमिकता दिने बताउदै स्थानीय सरकार जनताको लागि प्रत्येक्ष सरोकार राख्ने निकाय भएको दाबी गर्नु भएको छ ।

बिजुलीको पउच नपुगेका ठाउमा अध्यारोमुक्त गर्न सोलार बितरण गरिएको वडा अध्यक्ष भुपाल दमाइले बताउनु भएको छ ।

जसमा वडा नम्बर २ बडामेलामा ९९ घर,घरबिर टोलमा ६६, र ओइलाममा १०० घरधुरीलाई सोलार बितरण गरिएको छ ।

आसा प्रोजेक्ट रोल्पाको आर्थिक सहयोगमा २९९ घरधुरीलाई ५०वाटको एक /एक सेट सोलार बितरन गरिएको छ ।

५० वाटको सोलारको भ्याट रकम कर १३ प्रतिशत कादरले तिरेको वडा अध्यक्ष भुपाल दमाईलाई उदृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

Facebook Comments