• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
२१ बर्षअघिको बुवाको त्यो गौरवपूर्ण बलिदान




सहिद पुत्र मदन जीएम

आदरणीय बुवा सहिद देविराम घर्ती ”निरन्तर” प्रति
उच्च उच्च सम्मान ! लाख लाख सलाम !!

ऎतिहासिक दशवर्षे महान जनयुद्धको यस महान अभियानको गौरवपुर्ण यात्रामा २०५६ असार २८गते सुर्खेत चिङगाड ईप् का अवलचीङ आक्रमणमा माईन बिष्फोटन हुदा घाइतेभई दैलेख जिल्ला साबिकको कट्टी गा. बि .स मा
साउन ०४ गते आजकै दिन मेरो बुवाको २६ वर्षको कलिलो उमेरमा शहादत प्राप्त भएको दिन। आज २१ बर्ष पुरा । बुवाको स्मृतिको सन्दर्भमा उहाँ प्रती उच्च सम्मन गहिरो स्मरण तथा भावपुर्ण हार्दिक श्रद्धाञ्जली !!!

आज बुवालाई स्मरण गर्दा उहाँमा राजनैतिक ,कुटनैतिक सिद्धान्तनिष्ठ बिचार, जनयुद्ध र जनदिशा आदि सोच्ने तरिका उहाँमा विषेश क्षमता थियो। बुवाको क्रान्तिकारी विचार र धारणले मलाई गहिरो प्रभाव परेको थियोे । उहाँको अभाव, माया,ममता हामीहरुलाई सधै खड्कि रहने छ।

वुवालाई गुमाउदाको त्यो क्षणलाई स्मरण गर्दा कहाली लागेर आउँछ,त्यती बेलाको समयमा विभिन्न किसिमका दु:ख, कष्ट ,यातना,पिडा ,दमन र अभावै अभावमा बिताएका ति दिनहरु अझै मेरो मानस पटलमा ताजै छ्न।परिवारमा उहाँको मायाको आवश्यकताको बेला हामी माझ रहनु भएन बुवा तर त्यो त्यति बेलाको आवश्यकता थियो। तर आज सहिदहरुको आदर्शलाई उनीहरुले देखाएको बाटो र सपनालाई बिर्सने समस्या छ। सहिदलाई सम्झनु भनेको त व्यवहारमा उनीहरुलाई पछ्याउनु हो, हाम्रो आचरण संकल्प र साहास अघिल्तिरको यात्रामा प्रतिबिम्बित हुनु हो। तर बिडम्बना त्यो हुन सकिरहेको छैन।

यसरी विश्वमा स्वतन्त्रताका लागी चलेका सबै महान ऎतिहासिक संघर्षहरु वलिदानिबाटै सफल भएका छ्न। ईतिहासको नियम हो बिना वलिदानी नयाँ क्षीतिज उघ्रन्न।लाखौँलाख योद्धा र जनसमुदायका रगत, पसिना र आँसुले
१० वर्षसम्म लेखेको इतिहास थियो जनयुद्ध ।

हाम्रो देशमा भएका महान जनयुद्ध र जनआन्दोलनका महान सहिद,वेपत्ता र घाइते योद्धाहरुको त्याग,वलिदानी र संघर्षले नै अहिले जनताको संविधान,गणतन्त्र ,संघीयता ,धर्मनिर्पेक्षता जस्ता ऎतिहासिक उपलब्धिहरु प्राप्त भएका छ्न। तर आज महान सहिद,वेपत्ता र घाइते योद्धाहरुको सपना अधुरा छ्न। व्यवस्था परिवर्तन तर अबस्था उस्तै छ।

जनयुद्ध र जनआन्दोलनका महान सहिद,वेपत्ता र घाइते योद्धाहरुको सम्मान र परिवारका सदस्यको उचित शिक्षा व्यवस्थापन तथा कयौं सहिदका सन्ततिहरु बिदेशी भुमिमा अहोरात्र आफ्नो ज्यानको प्रबाह नगरी रगत र पसिना बगाउन बाध्य छ्न। उनिहरुको लागी सरकारले रोजगारको व्यवस्था गर्न जरुरी छ। र आफ्नै देशमा केहि गर्ने वातावरण तयार गर्न आवश्यक छ।

अन्तत: सहिद बुवा देविराम घर्ती ”निरन्तर” लगायत सम्पूर्ण ति महान सहिदहरुका अधुरा सपना पुरा गर्न अन्त सम्म लागी रहने संकल्प गर्दछु ।

(लेखक सहिद निरन्तरका पुत्र हुनुहुन्छ)

Facebook Comments