• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्युठान दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत




गएराती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।


स्वर्गद्वारीको धरम्पानीबाट भिंगृ आउँदै गरेको ट्याक्टर नगरपालिका वडा नं ३ रुमालेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रोल्पाका रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर, गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका छन् ।


त्यस्तै ट्याक्टर चालक त्रिवेणि गाउँपालिका निवासी अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना भएको थियो । साउने संक्रान्ति मानेर फर्कने क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टरमा सवार १ जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।
दुर्घटनापछि नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका थिए ।

Facebook Comments