• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेवमा नेकपाको कार्यकर्ता भेटघाट, कांग्रेस छाडेर १३ जना प्रवेश




नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) गंगादेव ५ वडा कमिटीको कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रम सिमखोलामा सम्पन्न भएको छ ।

५ नम्बर वडा कमिटी सचीव वीरबहादुर खत्रीको अध्यक्षतामा र गंगादेव गाउँ कमिटी सदस्य अशोक वली परिवर्तनको सन्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ५ नम्बर प्रदेश कमिटी सदस्य एवम गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )रोल्पा जिल्ला कमिटी सदस्य निम बहादुर डागी , गाउँ कमिटी सदस्य एबम ५ नम्बर वडा अध्यक्ष मान बहादुर डागी, गाउँ कमिटी सदस्यहर मस्त बहादुर खड्का , दिपेस बिक ,पल बहादुर वली, बालाराम खत्री लगाएत वडा कमिटीका सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १३ जनाले नेकपामा प्रवेश गरेका छन ।

प्रवेश हुने हरुमा नेपाली काङ्ग्रेस कृयाशिल सदस्य रतु खत्री , हरि बहादुर खत्री , नेपाल शिक्षक संघ गंगादेव सभापति राजेन्द्र कुमार पुन , साधारण सदस्य मन बहादुर खत्री ,पबित्रा कुमारी खत्री , मनिसा खत्री ,गिता खत्री ,राम बहादुर डागी,त्रिभुवन खत्री , पम्फा खत्री ,तिलक खत्रीले सत्तारुढ नेकपामा प्रवेश गरेका छन ।

नव प्रबेसी हरुलाइ कार्यक्रमका प्रमुख अतिथि नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीले अबिर लगायर स्वागत गर्नु भएको थियो भने जिल्ला कमिटी सदस्य निम बहादुर डागिले माला लगाएर स्वागत गर्नु भएको थियोे । नव प्रबेसी रतु खत्रीले काङ्ग्रेसमा २०५७ सालदेखी कृयाशिल भएर योगदान गरे पनि मुल्यांकन नगरेकोले पार्टी परित्याग गरेको बताउनु भएको छ ।

त्यस्तै हरि बहादुर खत्री, राजेन्द्र कुमार पुनले परिवर्तन भनेको कम्युनिस्ट बाट मात्रै हुने भएकोले धुर्बिकरण हुनु परेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर खत्रीले पार्टीका नाममा सपथ ग्रहण गरानु भएको थियोे । उहाले काङ्ग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुले कम्युनिस्टले जनताको बिस्वास जितेको पुष्टि भएको बताउनु भएको छ ।

सिमखोलामा विद्यालय सुधार गर्न स्थानीय सरकारले लगानी गरेको र खानेपानीको व्यवस्थापन एवम सिमखोला भिरगाउ सडक ट्र्याक ओपन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य निम बहादुर डागिले देश बदल्न कम्युनिस्टले ठुलो योगदान गरेकोले जनतामा कम्युनिस्ट प्रती बिस्वास बढेको दाबी गर्दै नव प्रबेसिलाइ पार्टीमा ससम्मान जिम्मेवारि दिने बताउनु भएको छ ।

Facebook Comments